स्वास्थ्य सामग्रीको विवरण संकलन गर्न मन्त्रालयद्वारा कार्यदल गठन « Khabarhub

स्वास्थ्य सामग्रीको विवरण संकलन गर्न मन्त्रालयद्वारा कार्यदल गठन


७ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले खरिद र अनुदानमा प्राप्त स्वास्थ्य सामग्रीको विवरण सङ्कलन गर्न पाँच सदस्यीय कार्यदल गठन गरेको छ ।

मन्त्रालयलाई सुझाव दिन गठित कार्यदलको संयोजकमा प्रा.डा. नारायण विक्रम थापा छन् । यसैगरी, सदस्यहरूमा डा. श्रवण कुमार थापा, स्वास्थ्य मन्त्रालयका लेखा अधिकृत शालिकग्राम चौधरी, मन्त्रालयका कानुन अधिकृत सेना बहादुर श्रेष्ठ, र विष्णु बहादुर क्षेत्री छन् ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य सामग्रीको अभाव तथा खरिद गरेर पनि सदुपयोग हुन नसकेको अवस्था कम गर्न आवश्यक तथ्यांक र सुझावका लागि विज्ञ समिति गठन गर्न अग्रसरता लिएका छन् ।

कार्यदललाई विगत तीन वर्षमा मन्त्रालय र स्वास्थ्य सेवा विभागले खरिद गरेका स्वास्थ्य उपकरण तथा सामग्रीहरूको वितरण प्रक्रिया, हालको मौज्दात अवस्था र आगामी वितरण योजनाबारे विस्तृत अध्ययन गर्न भनिएको छ ।

यसैगरी, विगत तीन वर्षको अवधिमा मन्त्रालय र विभागलाई विभिन्न दातृ निकायहरूबाट अनुदानमा प्राप्त सामग्रीहरूको विवरण, ती सामग्रीहरू वितरणको अवस्था र त्यसपछि हालको मौज्दात अवस्थाबारे समेत विवरण सङ्कलन गर्नेछ ।

कार्यदलले विस्तृत विवरण सङ्कलन गरी विद्यमान स्वास्थ्य सामग्रीको वास्तविक अवस्थाको बारेमा जानकारी दिने र स्वास्थ्य सेवा प्रणालीमा थप पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा मन्त्रालयको छ ।

‘कार्यदलले आफ्नो अनुसन्धानमा पाएको नतिजाको आधारमा मन्त्रालयलाई सुझाव दिनेछ, जसले स्वास्थ्य सामग्रीको खरिद, वितरण, र व्यवस्थापन प्रक्रियालाई अझ प्रभावकारी, पारदर्शी, र जवाफदेही बनाउन मद्दत गर्नेछ’, मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकीले भने ।

उनले गठित कार्यदलले स्वास्थ्य क्षेत्रको खरीद प्रक्रिया थप व्यवस्थित बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : ७ भाद्र २०८१, शुक्रबार  ८ : ४० बजे

अर्थतन्त्र आगामी चुनावाको साझा एजेण्डा बनोस् : अध्यक्ष ढकाल

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको

अमेजनले १६ हजार कर्मचारी कटौती गर्ने

न्यूयोर्क – अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी (अमेजन)ले अक्टोबरमा घोषणा गरिएको

घरदैलो अभियानमा भ्याइनभ्याइ उम्मेदवार

कञ्चनपुर – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका

सरोकारवालाको चिन्ता : मूल मुद्दा छाडेर गरिने निर्वाचनले निकास दिँदैन

काठमाडौं– मुलुक निर्वाचनमय बनिसकेको छ । निर्वाचन आयोगले आगामी फागुन

लुम्बिनी प्रदेशसभा : दुई विधेयकमाथि सैद्धान्तिक छलफल

लुम्बिनी– लुम्बिनी प्रदेशसभामा दुई वटा विधेयकमाथि सैद्धान्तिक छलफल आज सकिएको छ