रक्षा सहकार्य बढाउन जर्मनी र फिलिपिन्स सहमत « Khabarhub

रक्षा सहकार्य बढाउन जर्मनी र फिलिपिन्स सहमत


८ भाद्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दक्षिण चीन सागरमा बढ्दो तनावबीच फिलिपिन्स र जर्मनी रक्षा सम्झौता गर्न सहमत भएका छन् ।

फिलिपिन्सका राष्ट्रिय रक्षामन्त्री गिल्बर्टो थेयोडोरो र जर्मनीका संघीय रक्षामन्त्री बोरिस पिस्टोरियसबीच रक्षा मामिलामा सहकार्य बढाउने सहमती भएको हो ।

फिलिपिन्सको राजधानी मनिलामा भएको दुई रक्षामन्त्रीबीचको बैठकमा सो सहमती भएको अरब न्युजले जनाएको छ ।

कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुगेको अवसरमा आयोजित बैठकमा दुई नेताबीच दुई मुलुकका सेनाबीच सहकार्य बढाउने सहमति समेत भएको हो ।

फिलिपिन्सको रक्षा बलको क्षमता बढाउनका लागि अमेरिकाले ५० लाख अमेरिकी डलर प्रदान गर्ने घोषणा गरेको केही दिनलगत्तै फिलिपिन्स र जर्मनीबीच यस्तो सहमती भएको हो ।

पछिल्लो समय चीनले दक्षिण चीन सागरमा चिनियाँ अतिक्रमण बढाइरहेको भन्दै फिलिपिन्सले आपत्ति जनाउँदै आएको छ ।

प्रकाशित मिति : ८ भाद्र २०८१, शनिबार  ११ : ०१ बजे

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि बिहीबार बिहान १० बजेदेखि मतदान

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि

गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत बन्दसत्रमा विभिन्न प्रस्ताव तथा

चाडपर्व सुरक्षामा ५० हजार प्रहरी परिचालित, सार्वजनिक यातायातमा ‘मेकानिकल टेस्ट रिपोर्ट’ अनिवार्य

काठमाडौं– बडादसैँ, दीपावली, नेपाल सम्वत् र छठपर्वको सुरक्षा व्यवस्थालाई भरपर्दो

मोदीको सार्वजनिक सेवामा २५ वर्ष पूरा, रवि लामिछानेले दिए बधाई

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

विश्व आर्थिक स्वतन्त्रतामा नेपाल ९०औँ स्थानमा, एक स्थान तल झर्‍यो

काठमाडौं– क्यानडास्थित फ्रेजर इन्स्टिच्युटसँगको सहकार्यमा समृद्धि फाउण्डेशनले सार्वजनिक गरेको ‘विश्व