चीनका लागि जासुसी गरेको आरोपमा अमेरिकामा २५ वर्षको जेल सजाय « Khabarhub

चीनका लागि जासुसी गरेको आरोपमा अमेरिकामा २५ वर्षको जेल सजाय


८ भाद्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चीनका लागि जासुसी गरेको आरोपमा अमेरिकामा चिनियाँ मूलका एक जनालाई २५ वर्षको जेल सजाय सुनाइएको छ ।

चीनका लागि जासुसी गरेको आरोपमा चिनियाँ मूलका अमेरिकी नागरिक शुजुन वाङलाई न्यूयोर्कको अदालतले २५ वर्षको जेल सजाय सुनाएको हो ।

उनले अमेरिकामा बसोबास गरिरहेका चिनियाँहरुको गोप्य सूचना चीनको जासुसी निकायलाई प्रदान गर्दै आएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ । ७५ वर्षीय वाङले न्यूयोर्कको क्विन्समा चिनियाँ सत्ताविरोधी संस्था स्थापना गर्न पहल गरेका थिए ।

उनले लोकतन्त्रवादी अभियन्ताको भेषमा न्यूयोर्कमा सक्रिय अभियान समूहहरुबाट संवेदनशील सूचना लिने र चिनियाँ जासुसी निकाय एमएसएसलाई प्रदान गर्दै आएको जनाइएको छ । उनले सन् २००६ देखि चीनको राष्ट्रिय सुरक्षाको निर्देशनमा काम गरिरहेको जनाइएको छ ।

प्रकाशित मिति : ८ भाद्र २०८१, शनिबार  २ : ३७ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै