युक्रेनलाई थप सैन्य सहयोग गर्ने अमेरिकाको घोषणा | Khabarhub Khabarhub

युक्रेनलाई थप सैन्य सहयोग गर्ने अमेरिकाको घोषणा


८ भाद्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन– अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनी समकक्षी भोलोदिमिर जेलेन्स्कीसँगको वार्ताका क्रममा कियभका लागि १२ करोड ५० लाख डलर मूल्यको थप सैन्य सहयोगको घोषणा गरेका छन् ।  

बाइडेनले युक्रेनका लागि सैन्य सहायताको घोषणा गर्दा आफूलाई गर्व लागेको  विज्ञप्तिमार्फत जनाएका छन् ।  

सहयोगमा युक्रेनको महत्वपूर्ण पूर्वाधारको रक्षा गर्न हवाई रक्षा मिसाइल समावेश छन् । अमेरिकाले रूसको विकसित रणनीति विरुद्ध रक्षा गर्न  ‘काउन्टर–ड्रोन’ उपकरण र ‘एन्टी–आर्मर’ मिसाइल,  युक्रेनी सैनिकको प्रतिरक्षाका लागि गोलबारुद लगायत मोबाइल रकेट प्रणाली सहयोग गरेको जनाएको छ ।

बाइडेनले अमेरिका युक्रेनी स्वतन्त्र जनताको साथमा रहेको उल्लेख गरे।

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले अमेरिकी सैन्य सहायताको घोषणाको प्रशंसा गर्दै युक्रेनमा विशेष गरी हवाई रक्षाको तत्काल आवश्यकता रहेको सामाजिक सञ्जाल एक्समार्फत बताए ।

अमेरिकाले युक्रेनलाई एक प्रमुख सैन्य समर्थक भई सन् २०२२ फेब्रुअरीमा रूसले आक्रमण सुरु गरेदेखि ५५ अर्ब डलर भन्दा बढी हतियार, गोला बारुद र अन्य सुरक्षा सहायता प्रदान गरिसकेको छ  ।

प्रकाशित मिति : ८ भाद्र २०८१, शनिबार  ३ : ०८ बजे

नोबेल साहित्य पुरस्कार दक्षिण कोरियाली लेखक हान काङलाई

स्टकहोम – मानसिक र शारीरिक यातनाका साथै ऐतिहासिक घटनाहरूबीच पत्राचारका

‘देश बन्छ’ भन्ने आत्मविश्वासका साथ परिवर्तनका पक्षमा दृढतापूर्वक उभिन एमालेको आह्वान

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले ‘देश बन्छ’ भन्ने

गोरखामा एक युवतीको हत्या

 गोरखा – गोरखामा एक युवतीको हत्या भएको छ । जिल्लाको

दसैँका लागि कैदीबन्दीलाई खसी र नगद

खाँदबारी– सङ्खुवासभा उद्योग वाणिज्य सङ्घले जिल्ला कारागार खाँदबारीमा कैद भुक्तान

हनुमान ढोकाको दसैँघरमा फूलपाती

काठमाडौँ – आश्विन शुक्ल सप्‍तमीका दिन आज राज्यका तर्फबाट नवदुर्गाको