ह्याण्डकोर्ष २०२४ कीर्तिपुर अस्पतालमा सम्पन्न  « Khabarhub

ह्याण्डकोर्ष २०२४ कीर्तिपुर अस्पतालमा सम्पन्न 


८ भाद्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


699
Shares
  • change font
  • change font
  • change font

काठमाडौं ह्याण्ड सर्जनहरुका लागि ह्याण्डकोर्ष २०२४ कीर्तिपुर अस्पतालमा सम्पन्न भएको छ ।

हातमा हुने सबैखाले रोग तथा समस्याहरूको उपचारमा वृद्धि विकास गर्नका लागि किर्तिपुर अस्पतालको बर्न तथा प्लास्टिक सर्जरी विभाग र अर्थोपेडिक विभाग टिचिङ अस्पतालको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।

नयाँ पुस्ताका ह्याण्ड सर्जनहरूलाई आफूले सिकेको सीप सिकाउन यस कार्यक्रमले सहयोग पुर्याउने किर्तिपुर अस्पताल प्लास्टिक सर्जरी विभाग प्रमुख डा. विकास कार्कीले बताए । उनले भने नेपालमा हातको समस्याहरू धेरै बढ्दो क्रममा छ ।

 धेरैलाई हातको पनि छुट्टै उपचार गर्ने चिकित्सकहरू हुन्छन् भन्ने जानकारी छैन नेपालमा यसको सुरुवात भएको पनि धेरै भएको छैन । किर्तिपुर अस्पताल लगायत काठमाडौंका केही अस्पतालमा मात्रै सीमित रहेको यो सेवालाई देशैभर बिस्तार गर्ने योजना रहेको उनले बताए । 

अहिले देशभर जम्मा १७ जना मात्रै ह्याण्ड सर्जनहरू रहेका उनले बताए । नेपालका पहिलो ह्याण्ड सर्जन किरण नकर्मी लगायत अन्य विज्ञहरूले सहजिकरण गराइरहेको कार्यक्रममा भारत युके लगायतका देशबाट गरी ६५ जना ह्याण्ड सर्जनहरूको सहभागिता रहेको ह्याण्ड सर्जन डा। लोकराज चौरसियाले जानकारी दिए ।  

प्रकाशित मिति : ८ भाद्र २०८१, शनिबार  ७ : ३८ बजे

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु