मच्छिन्द्रनाथको जात्रा सकिएको जानकारी गराइयो « Khabarhub

मच्छिन्द्रनाथको जात्रा सकिएको जानकारी गराइयो


८ भाद्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

ललितपुर – मच्छिन्द्रनाथको रथजात्रा सकिएको जानकारी दिन आज जोडी भँगेरा उडाएको छ भने सप्तपातल पोखरीमा जोडी माछा छाडिएको छ ।

वर्षा र सहकालका देवताका रूपमा पुजिने रातो मच्छिन्द्रनाथको रथजात्रा सकिएको जानकारी इन्द्र महाराजलाई दिनुपर्ने मान्यता रहिआएको पाटनका स्थानीय किरण स्थापितले बताए ।

“रथजात्रा सकिएको जानकारी स्वर्गमा इन्द्र महाराजलाई गराउनुपर्ने कथन छ, सोहीअनुसार मत्र्यमण्डलमा जानकारी दिन जोडी भँगेरा उडाउने र पातालमा जानकारी दिन जोडी माछा सप्तपाताल पोखरीमा छाडिन्छ, त्यही कार्य आज भयो”, स्थापितले भने ।

जोडी भँगेरा उडाउनु र जोडी माछा पोखरीमा छाड्नु अगाडि जात्रा समापनको प्रक्रिया पूरा गर्न बिहानैदेखि बटुकभैरव मन्दिरमा माङ्साहुति यज्ञ गरी ती जोडी भँगेरालाई कथा सुनाइएको थियो ।

गत वैशाख २७ गते बिहीबार रातो मच्छिन्द्रनाथको मूर्तिलाई पुल्चोकमा रथारोहणका गरेसँगै सुरु भएको रथजात्रा साउन २० गते आइतबार भोटो देखाएपछि सम्पन्न भएको थियो । भोटो देखाएकै दिन रातो मच्छिन्द्रनाथको रथलाई खटमा राखी बुङ्गमती पुर्‍याउनुपर्ने परम्पराअनुसार उक्त कार्य सम्पन्न भएको थियो ।

यो जात्रा काठमाडौँ उपत्यकाको सबैभन्दा प्रसिद्ध जात्रा पनि हो । करिब १६ सय वर्षअघि सुरु भएको मच्छिन्द्रनाथको रथजात्रा वैशाख शुक्ल प्रतिपदामा सुरु भएर असार शुक्ल चौथीसम्म करिब दुई महिना चल्छ ।

प्रकाशित मिति : ८ भाद्र २०८१, शनिबार  १० : ५९ बजे

मकवानपुरको जुराखेतमा न्यायाधीश डाँगी सवार गाडी दुर्घटना: ६ जना घाइते

काठमाडौँ- काठमाडौँबाट हेटौँडातर्फ जाँदै गरेको उच्च अदालत जनकपुरको अस्थायी इजलास

कृषिसहित पाँचवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेको विभिन्न पाँचवटा समितिको बैठक बस्दैछ

सप्तरीमा मोटरसाइकल दुर्घटना: चालकको मृत्यु, एक घाइते

सप्तरी – पूर्व-पश्चिम राजमार्गअन्तर्गत सप्तरीको कोशी ब्यारेज नजिकै मोटरसाइकल अनियन्त्रित

दियालो बङ्गला अवलोकनबाट २४ लाख राजश्व सङ्कलन

चितवन– गत आर्थिक वर्षमा २५ हजार ४२५ जनाले चितवनस्थित दियालो

लोमान्थाङमा यार्तुङ पर्वको रौनक

मुस्ताङ– उपल्लो मुस्ताङको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक यार्तुङ पर्व लोमान्थाङमा