सुँगुरको मुटु मान्छेमा लगाइने « Khabarhub

सुँगुरको मुटु मान्छेमा लगाइने


७ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– बेलायतका वैज्ञानिकहरुले सुँगुरको मुटु मान्छेमा प्रत्यारोपण गर्न सम्भव भएको बताएका छन् । उनीहरुले आगामी तीन वर्षभित्र मान्छेको शरीरमा सुँगुरको मुटु प्रत्यारोपण गर्न सम्भव हुने दावी गरेका हुन् ।

वैज्ञानिकहरुका अनुसार यो परीक्षण पूर्व मिर्गौलाको प्रत्यारोपण गरिने छ । यदि यो परीक्षण सफल भएको खण्डमा मुटुको प्रत्यारोपण पनि सम्भव हुने छ ।

४० वर्षअघि पहिलोपटक मुटु प्रत्यारोपणमा सफलता हात पारेका बेलायतका डाक्टर टेरेन्स इंग्लिसले मान्छेको शरीरमा सुँगुरको मुटु राख्ने तयारी गरेका हुन् ।

डा टेरेन्सले यसै वर्षको अन्ततिर उनका सहयोगी डाक्टरहरुले सुँगुरको मिर्गौला मान्छेको शरीरमा प्रत्यारोपण गर्ने छन् । यो प्रयोग सफल भएमा मुटु प्रत्यारोपण पनि सम्भव र सफल हुने उनको भनाइ छ ।

डा. टेरेन्सकाअनुसार सुँगुरको अंग मानिसमा प्रत्यारोपण गर्नुको पछाडि मान्छेको शरीर भित्रको अंग र सुँगुरको भित्री अंगहरु उस्तै हुन्छन् । यसैले सुँगुरलाई मानिसका लागि उपयुक्त मान्न सकिन्छ ।

जनावरको अंग मान्छेमा प्रत्यारोपण गर्ने विषय विवादित बन्न सक्ने उनको भनाइ छ । पशु अधिकारकर्मीहरुले यसको विरोध गर्न सक्नेछन् । यद्यपि, यसबाट थुप्रै फाइदा मिल्नेछ । मुख्य भनेको यसबाट मान्छेलाई अकालमै मृत्यु हुनबाट बचाउन सकिनेछ ।

पछिल्लो समय विश्वभरको तथ्यांकलाई हेर्ने हो भने अंग प्रत्यारोपणको माग बढ्दै गएको देखिन्छ । बेलायतको मात्रै कुरा गर्ने हो भने २८० जना मुटु रोगीहरु प्रत्यारोपणको पर्खाइमा रहेका छन् । त्यसैले यो परीक्षण सफल भएमा मेडिकल इतिहासमा ठूलो उपलब्धि हात पर्ने निश्चित छ ।

यो विषयबाहिर आइरहँदा यसअघि पनि जनावरको अंग ल्याबमा उत्पादन गर्न प्रयोगहरु भइरहेको चर्चा चल्ने गरेको थियो ।

यसका साथै हालै जापान सरकारले पनि विवादास्पद एक कानून पारित गरेको छ । उक्त कानूनमा मान्छे र जनावरको हाइब्रिड अंगहरु ल्याबमा उत्पादन गर्ने प्रयास गरिनेछ ।

प्रकाशित मिति : ७ भाद्र २०७६, शनिबार  ७ : २२ बजे

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको