मधेशका मुख्यमन्त्री सिंहले गरे प्रादेशिक अस्पतालको निरीक्षण | Khabarhub Khabarhub

मधेशका मुख्यमन्त्री सिंहले गरे प्रादेशिक अस्पतालको निरीक्षण


९ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले शनिबार राति मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको जनकपुरधामस्थित प्रादेशिक अस्पतालको अचानक निरीक्षण गरेका छन् ।

अस्पतालको सेवा सुविधामा ढिलासुस्ती र हेलचेक्र्याइँ भइरहेको गुनासो आउन थालेपछि मुख्यमन्त्री सिंहले राति अस्पतालका आकस्मिक कक्ष, प्रसूति गृह, अति सघन कक्ष लगायत निरीक्षण गरेका हुन् ।

त्यस क्रममा उनले ड्युटीमा रहेका चिकित्सक तथा स्वास्थ्यकर्मीसँग अस्पतालमा कार्यरत जनशक्तिको सङ्ख्या र कार्य विभाजन, काम गर्ने अवधि, ड्युटीमा नियमितता आदिका बारेमा जानकारी लिए ।

साथै अस्पताल परिसरमा सञ्चालित सरकारी फार्मेसीमा आवश्यक औषधि राख्न सम्बन्धित कर्मचारीलाई निर्देशनसमेत दिए । उनले निरीक्षण अवधिमा केही बिरामी र तिनका कुरुवासँग पनि अस्पतालका सेवा सुविधाका बारेमा जानकारी लिएका छन् ।

बिरामी र कुरुवाका गुनासा सुनेपछि मुख्यमन्त्री सिंहले ती समस्यालाई तत्काल सम्बोधन गर्न प्रतिष्ठानका रजिस्ट्रार डा.विनोदकुमार यादवलाई त्यहीँ निर्देशन दिएका छन् । अस्पतालमा बिरामीको चाप छ । अस्पतालमा भौतिक पूर्वाधार, उपकरण र जनशक्ति थपिँदै गएका छन् ।

अस्पतालमा विद्यमान समस्या समाधान गर्दै त्यहाँ उपलब्ध सेवा सुविधा उन्नत बनाउन र विबिद्यीकरण गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको मुख्यमन्त्री सिंहले बताए ।

प्रकाशित मिति : ९ भाद्र २०८१, आइतबार  ३ : ४६ बजे

बागमतीका मुख्यमन्त्री लामा भन्छन्‌ : राजीनामा दिन्नँ

हेटौँडा – नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं

अष्ट्रेलियाका सहरहरू प्राकृतिक विपत्तिको जोखिममा

एजेन्सी – अष्ट्रेलियामा जलवायु परिवर्तनका कारण सिड्नी, मेलबर्न, क्यानबेरा र

सांसद्‌हरूको जोड – भूमिसम्बन्धी ऐन वास्तविक सुकुम्बासीको पक्षमा हुनुपर्छ

काठमाडौँ – प्रतिनिधिसभा सदस्यहरूले भूमिसम्बन्धी ऐन वास्तविक सुकुम्बासीको पक्षमा हुनुपर्नेमा

अनिश्चितकालीन आमरण अनसनमा मझुवागढीका मेयर

काठमाडौँ – खोटाङको दिक्तेल रुपाकोट मझुवागढीका मेयर तीर्थराज भट्टराई काठमाडौँको

आन्तरिक किचलोमा दलहरू

काठमाडौं– जहानियाँ राणा शासन छँदै गठन भएको नेपाली कांग्रेसदेखि पछिल्लो