अरुण तेस्रो आयोजना चाँडो सम्पन्न गर्न ऊर्जामन्त्रीको आग्रह | Khabarhub Khabarhub

अरुण तेस्रो आयोजना चाँडो सम्पन्न गर्न ऊर्जामन्त्रीको आग्रह


९ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले अरुण तेस्रो जलविद्युत् आयोजनालाई चाँडो सम्पन्न गर्न आग्रह गरेका छन् ।

अरुण तेस्रो जलविद्युत् आयोजनाका पदाधिकारीलाई आज मन्त्रालयमा बोलाएर उक्त आयोजनामा भएको ढिलासुस्तीलाई चाँडो सम्बोधन गर्न आग्रह गरेका हुन् ।

सङ्खुवासभाबाट निर्वाचित सांसदसमेत रहनुभएका मन्त्री खड्काले उक्त आयोजना चाँडो निर्माण भएमा सङ्खुवासभालगायत पूर्वी जिल्लाको विकासले गति लिने विश्वास व्यक्त गरे ।

उनले १० वर्षमा २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य सरकारले राखेकाले उक्त लक्ष्यलाई पूरा गर्न यस्ता आयोजनालाई समयमै सम्पन्न गर्नुपर्ने बताए ।

ऊर्जामन्त्री खड्काले परियोजना निर्माणका क्रममा देखिएका समस्यालाई समाधान गर्न सरकारले पहल गर्ने बताए ।

प्रकाशित मिति : ९ भाद्र २०८१, आइतबार  ८ : ५१ बजे

जुवातास खेलिरहेको अवस्थामा १५ जना पक्राउ

काठमाडौं–  काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-६ मुलपानी सृजनाटोलस्थित मकवानपुर हेटौंडा घर भएकी ५५

झुम्का कारागारका एक कैदीको उपचारका क्रममा मृत्यु

धरान– सुनसरीको झुम्का कारागारमा एक जना कैदीको मृत्यु भएको छ

गृह र अध्यागमनको टोलीले गर्‍यो कोरला नाका अवलोकन

मुस्ताङ– गृह मन्त्रालय र अध्यागमन विभागको टोलीले नेपाल–चीन सीमामा रहेको

महाकाली करिडोर : योजनामा उत्साह, कार्यान्वयनमा निराशा

कञ्चनपुर– सुदूरपश्चिमको समृद्धि र आर्थिक विकासको मेरुदण्ड मानिएको महाकाली करिडोर

बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ

काठमाडौं– आफ्नै बुबा ७८ वर्षीय आमकी लामाको हत्या गरेको अभियोगमा काठमाडौं महानगरपालिका-१५