जनतामा देखिएको निराशा हटाउन सरकार तयार छ : मन्त्री भण्डारी « Khabarhub

जनतामा देखिएको निराशा हटाउन सरकार तयार छ : मन्त्री भण्डारी


१० भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले वर्तमान समयमा देखिएको आर्थिक मन्दी, व्यापार घाटा, उद्योग तथा व्यावसायिक क्षेत्रका समस्या सहजीकरण गरी जनतामा देखिएको निराशा हटाउन सरकार प्रतिवद्ध रहेको बताएका छन् ।

काठमाडौँमा आज आयोजना गरिएको सुदूरपश्चिम समाजको १५औँ साधारणसभामा मन्त्री भण्डारीले वर्तमान सरकार जनताको निराशा अन्त्य गरी आशा जगाउने बाटोमा अग्रसर रहेको बताए । 

उनले भने, ‘नेपालको उद्यमशीलताऔद्योगिक क्षेत्रको विकास गर्न मैले ध्यान केन्द्रीत गरेको छु ।’

मन्त्री भण्डारीले विशिष्ट परिस्थितिमा बनेको वर्तमान सरकारले राष्ट्रिय चुनौतीलाई अन्त्य गर्ने जिम्मेवारी वहन गरिरहेको बताए। उनले सुदूरपश्चिमेलीको मौलिक पर्व गौरालाई अन्तर्राष्ट्रियस्तरमा विस्तार गर्नुपर्नेमा जोड दिए ।  

उनले भने, ‘विगतमा सुदूरपश्चिममा मात्रै मनाइने गौरा पर्व अहिले देशभर तथा भारत, अमेरिकालगायतका देशमा समेत मनाउन थालिएको छ, यसको मौलिक स्वरुपको विस्तार गर्नुपर्छ ।’ गौरा पर्व विगतमा थौरै व्यक्तिले मनाउँदा साँघुरो बाटोमा सीमित भएको र अहिले राजमार्गका रुपमा परिणत भएको उनको भनाइ थियो । 

गौरा पर्वको विशेषतालाई पाठ्यक्रममा समेत समावेश गर्नु जरुरी रहेको तथा यस पर्वको महत्व, गरिमा र सान्दर्भिकता देखाउन सके मात्रै राज्यको संरक्षण र सहुलियत प्राप्त गर्न सकिने मन्त्री भण्डारीको भनाइ थियो । 

सो अवसरमा मन्त्री भण्डारीले ‘सुदूरकि सोराई गोरा विशेष’ पुस्तकसमेत विमोचन गरेका थिए । उक्त पुस्तकमा सुदूरपश्चिमका विभिन्न जिल्ला तथा ठाउँ विशेषका गौरा पर्वका विषयमा व्याख्या गरिएको पुस्तकका प्रधान सम्पादक डा हरिदत्त पाण्डेयले जानकारी दिए ।

प्रकाशित मिति : १० भाद्र २०८१, सोमबार  २ : ०४ बजे

केही जिल्लामा अब घरेलु कार्यालयबाट यातायातको काम गरिन्छ : मुख्यमन्त्री आचार्य

दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले यातायात कार्यालय नभएका जिल्लामा

रसुवा बाढीका बेपत्ता भएकाको खोजी कार्य तीव्र बनाउन माग

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका प्रमुख सचेतक कवीन्द्र

जसलाई पाता कस्नुपर्छ भनेकी थिइन्, उनीहरूकै दबाबमा गौरीकुमारीले गुमाइन् मन्त्री पद

काठमाडौं- ग्यास उद्योगीप्रति आक्रोश पोख्दै ‘पाता कस्नुपर्ने’ अभिव्यक्ति दिएको भोलिपल्टै

किमद्वारा विदेशी मोर्चामा खटिएका उत्तर कोरियाली सैनिकको प्रशंसा

सियोल- उत्तर कोरियाली नेता किम जोङ उनले देशको ७८औँ स्थापना दिवसका

संसद्‍मा उठाइयो अस्पतालले भर्ना नलिएर फुटपाथमै बच्चा जन्माएकी महिलाको पीडा

काठमाडौं– सांसदहरूले राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालले भर्ना नलिएपछि स्थानीय