थाहा पाउनुहोस शाकाहारी खानाबाट हुने फाइदा « Khabarhub

थाहा पाउनुहोस शाकाहारी खानाबाट हुने फाइदा


८ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तपाई शाहाकारी भोजनको कति सौखिन हुनुहुन्छ ? शाकाहारी भोजनका कारण इनर्जी कम हुन्छ भन्ने धारणा तपाईंमा छ भने पनि यसलाई आजैदेखि हटाउँदा हुन्छ। कुनै पनि मानिसको शरीरमा इनर्जी कम हुनुको कारण आइरन र भिटामिन बी–१२को कमीले हो। यी दुई पौष्टिक तत्व आपूर्तिको सबैभन्दा उत्तम स्रोत नै शाकाहारी खाना हो।

सागसब्जीबाट प्राप्त हुने प्रोटिनले शारीरिक आवश्यकतालाई राम्रैसँग धान्छ। तोफु, बिन्स, दाल, फलफूल र रोटीबाट तपाईंले भरपूर मात्रामा प्रोटिन प्राप्त गर्न सक्नुहुन्छ।

कतिपयले शाकाहारी खानामा आइरनको कमी भएको बताउँछन्। तर, त्यसो होइन। पालक, बिन्स र तोफुजस्ता शाकाहारी खानामा अत्यधिक आइरन हुन्छ।

शाकाहारी भोजनका कारण इनर्जी कम हुन्छ भन्ने धारणा तपाईंमा छ भने पनि यसलाई आजैदेखि हटाउँदा हुन्छ। कुनै पनि मानिसको शरीरमा इनर्जी कम हुनुको कारण आइरन र भिटामिन बी–१२को कमीले हो। यी दुई पौष्टिक तत्व आपूर्तिको सबैभन्दा उत्तम स्रोत नै शाकाहारी खाना हो। पालक, दाल, फलफूल, बिन्स, काजुजस्ता खाद्यपदार्थबाट यस्ता पौष्टिक तत्व प्राप्त गर्न सकिन्छ।

शाकाहारी खानामा फाइबरको मात्रा अत्यधिक हुन्छ। जसले मानिसको पेट भरिराख्न सहयोग पुर्‍याउँछ। यसका साथै शाकाहारी भोजनले रगतमा सुगरको लेभल स्टेबल बनाई भोकको इच्छा कम गर्ने काम गर्छ।

धेरै मानिसले मान्ने कुरा के पनि हो भने शाकाहारी खानामा बोसोको मात्रा पाइँदैन, जसले गर्दामा मानिसमा बोसोको कमी हुन थाल्छ। यसमा पनि कुनै सत्यता छैन। तर, फ्रेन्च फ्राई, तेलमा भुटेका पकौडा, भेजिटेरियन फुडमा बोसोको मात्रा हुन्छ भनेरचाहिँ सबैले भन्दै आएको कुरा हो।

प्रकाशित मिति : ८ भाद्र २०७६, आइतबार  ६ : ५१ बजे

बढ्दो विदेशी मुद्रा सञ्चिति : अनुत्पादक बोझ कि समृद्धिको अवसर ?

काठमाडौं- नेपाल राष्ट्र बैंकको तथ्याङ्क हेर्दा देश आर्थिक रूपमा निकै

म्यान्मामा पाँच वर्षपछि आम चुनाव

याङ्गुन- म्यान्मामा आइतबार पाँच वर्षपछि पहिलो पटक आम निर्वाचनको पहिलो

आठौँ बागलुङ महोत्सव सुरु

गलकोट– आठौँ बागलुङ महोत्सव आजदेखि सुरु भएको छ । बागलुङ

गड्यौलाकाे मल बेचेर २५ लाखसम्म आम्दानी

दाङ–  तुलसीपुर उपमहानगरपालिका–३ भट्टेका कर्णबहादुर वली गड्यौला र गड्यौलाले मल उत्पादनबाट

राजनीतिक दलसँगको वार्ता र छलफललाई अघि बढाइरहेका छौँ : मन्त्री खरेल

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले निर्धारित मितिमै प्रतिनिधिसभा