राजेश हमालको कमब्याक फिल्म ‘नरसिंहा : अवतार’मा राजको प्रवेश « Khabarhub

राजेश हमालको कमब्याक फिल्म ‘नरसिंहा : अवतार’मा राजको प्रवेश


१० भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राजेश हमालको कमब्याक फिल्म ‘नरसिंहा : अवतार’ राज नायक राज कटुवाल अनुबन्ध भएका छन् । उनी र निर्माण पक्षबीच कागजी सम्झौता भइसकेको छ ।

निर्देशक दिवाकर भट्टराईका अनुसार राजको प्रवेशसँगै मुख्य कलाकार चयनको काम पूर्ण भएको छ । राजसहित अन्य कलाकारको भूमिकाबारे निर्माण पक्षले केही खुलाएको छैन ।

यद्यपि निर्देशकले यस फिल्ममा ठूलो जिम्मेवारी दिएको राजको भनाइ छ । भन्छन्, ‘कुनै पनि फिल्ममा जोडिन पाउनु नै एउटा कलाकारकोलागि महत्त्वपूर्ण कुरा हो । तर निर्देशकले मलाई ठूलो जिम्मेवारी दिनुभएको छ, साथै म आफैँले समेत धेरै मेहनत गर्नु पर्ने देखिएको ।’

निर्देशक भट्टराईले यस फिल्म पश्चात राजले एक स्थापित नायकको परिचय पाउने आशा राखेका छन् ।

यससँगै, एक्सन सोसल ड्रामामा बन्ने यो फिल्मका लागि अहिलेसम्म अनुबन्ध भएका मुख्य कलाकारको संख्या ६ पुगेको छ । यसअघि राजेश हमाल, नीति शाह, सरोज खनाल, प्रशान्त ताम्राकार, नीर शाह, सनिशा भट्टराई र दीपा शाही अनुबन्ध भएका हुन् ।

हमालको कमब्याक फिल्म भएकाले यो फिल्म निर्माण घोषणाको सुरुवातदेखि नै चर्चामा छ । यही फिल्ममा नायक सरोज खनाल र हमालले ३० वर्षपछि सहकार्य गर्दै छन् । उनीहरुले पछिल्लो समय २०५१ सालमा प्रदर्शनमा आएको फिल्म ‘सडक’मा सहकार्य गरेका थिए ।

‘नरसिंहाः अवतार’ क्रिएटिभ सिने आर्टको प्रस्तुतिमा निर्माण हुन लागेको हो । भदौ अन्तिम साताबाट छायांकनमा निस्कने योजनमा निर्देशक भट्टराई रहेका छन् । फिल्मको लगानी ३ करोडभन्दा बढी रहने बताइएको छ ।

भट्टराईका अनुसार प्रदर्शन मिति केही दिनमा सार्वजनिक गरिने छ ।

प्रकाशित मिति : १० भाद्र २०८१, सोमबार  ५ : ४९ बजे

तरबुजा खेतीबाट आत्मनिर्भर बन्दै दङ्गीशरणका युवा

दाङ– दङ्गीशरण गाउँपालिका–१ रामपुरका पाँच जना युवकले सामूहिक तरबुजा खेती

प्रेस चौतारीमा विवाद: अध्यक्ष पाण्डे असफल भएको ठहर गर्दै विशेष महाधिवेशन गर्ने निर्णय

काठमाडौँ – एमाले निकट पत्रकारको संगठन प्रेस चौतारी नेपालभित्रको आन्तरिक

ट्राफिक कारबाहीबाट ४ लाख १७ हजार रुपैयाँ राजस्व सङ्कलन

काठमाडौँ– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक कारबाहीबाट ४ लाख

नेपालमा ३० प्रतिशत वयस्कमा उच्च रक्तचापको समस्या

काठमाडौँ – आज विश्व उच्च रक्तचाप दिवस। विभिन्न चेतनामूलक कार्यक्रमसहित

हुम्लामा विद्युत सेवा अवरुद्ध

हुम्ला– हुम्ला सदरमुकाम सिमकोटसहित दुई गाउँपालिकामा विद्युत् सेवा अवरुद्ध भएको