खेलकुद विधेयक समितिबाट पारित « Khabarhub

खेलकुद विधेयक समितिबाट पारित


१० भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

जनकपुर– मधेस प्रदेशसभाको महिला, बालबालिका तथा सामाजिक न्याय समितिले प्रदेश खेलकुद विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफावार छलफल गरी पारित गरेको छ । सो विधेयक प्रदेशसभामा पेस गर्ने निर्णय समितिले गरेको छ ।

समितिका सभापति रूपा यादवको अध्यक्षतामा आज जनकपुरधाममा उक्त विधेयकमाथी दफावार छलफल भएको थियो । विधेयकमा प्रदेश खेलकुद परिषद् गठन, जिल्ला खेलकुद विकास समितिको गठन, खेलाडीको वृत्तिविकास, सेवासुविधा, व्यावसायिक सुरक्षा बीमा, खेलकुद प्रशिक्षण प्रतिष्ठान, खेलकुद प्रतियोगितालगायत विषय समावेश गरिएको छ । 

समितिका सदस्य रामसरोज यादवले विधेयकमा स्थानीय तहदेखि अन्तर्राष्ट्रियस्तरसम्म खेलाडी उत्पादन गर्नेगरी कानुनी व्यवस्था प्रस्ताव गरिएको जानकारी दिए। सोमबार बिदाका दिन भए पनि विधेयकको महत्वलाई दृष्टिगत गरी छलफल गरिएको समितिकी सभापति यादवले बताए ।

बैठकमा प्रदेशसभा सदस्यहरू रामसरोज यादव, कुँवरकान्त झा, अञ्जना पण्डित र किशोरीदेवीको सहभागिता रहेको  थियो । विधेयक गत वर्ष छलफलका लागि समितिमा पठाइएको थियो ।

प्रकाशित मिति : १० भाद्र २०८१, सोमबार  ४ : ३७ बजे

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको

कांग्रेस क्रियाशील सदस्यता वितरणमा सहजीकरणका लागि गगन थापाले गरे ४ बुँदे परिपत्र

काठमाडौं- नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहज र

पूर्वउपप्रधानमन्त्री बद्रीप्रसाद मण्डलको निधन

काठमाडौँ- पूर्वमन्त्री एवम् नेपाल सद्भावना पार्टीका वरिष्ठ नेता बद्रीप्रसाद मण्डलको