कान्तिलोकपथ र सिस्नेरी सडक सञ्चालनमा « Khabarhub

कान्तिलोकपथ र सिस्नेरी सडक सञ्चालनमा


१० भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

मकवानपुर – हेटौँडा–काठमाडौँ जोड्ने छोटो दूरीको दुई वटा मार्ग सञ्चालनमा आएका छन् । आज अपराह्न परेको पानीका कारण अवरुद्ध भएको कान्तिलोकपथ र भीमफेदी–सिस्नेरी–फर्पिङ सडकखण्ड सञ्चालनमा आएको हो ।

सडक माथिबाट लेदो पहिरो झरेका कारण सडक अवरुद्ध भएको थियो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार मकवानपुर भीमफेदी गाउँपालिका–८ महादेवटारस्थित कान्तिलोकपथ वर्षाका कारण लेदो पहिरो खसी अपराह्न ४ बजेपछि बाटो अवरुद्ध भएको थियो ।

बाटो अवरोध भएको खबर पाउनासाथ इलाका प्रहरी कार्यालय ठिङ्गनबाट खटिएको प्रहरी टोलीले सडक विभाग र ‘फास्ट ट्र्याक’सँग समन्वय गरी पहिरो पन्छाउने काम गरिएको प्रहरी प्रवक्ता भण्डारीले जानकारी दिए ।

यस्तै, कुलेखानी–सिस्नेरी–फर्पिङ सडक खण्डअन्तर्गत इन्द्रसरोवर गाउँपालिका वडा नं ३ रामचन्द्र भञ्ज्याङमा सडकमाथिबाट लेदो पहिरो खस्दा बाटो पूर्ण रुपमा अवरुद्ध भएको थियो ।

प्रकाशित मिति : १० भाद्र २०८१, सोमबार  १० : ०२ बजे

बूढानीलकण्ठमा शैक्षिक सूचना व्यवस्थापन र विद्यालय नक्साङ्कनमा नयाँ प्रविधि

काठमाडौं– काठमाडौँको बूढानीलकण्ठ नगरपालिकालाई भौगोलिक सूचना प्रणाली (जिआइएस) प्रविधिमा आधारित

रास्वपा सभापति रवि लामिछानेले आज संसद्‌मा सम्बोधन गर्ने

काठमाडौँ – सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि

सुनसान छन् सौराहाका होटल : पर्यटक भन्दछन्- नेपालको विपदमा कसरी रमाउनु ?

चितवन– पचहत्तर कोठा भएको सौराहाको ‘ल्यान्डमार्क’ होटलमा मंगलबार सबै कोठा खाली

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा विद्युत् जडान, रसुवामा ८३ र नुवाकोटमा ९५ प्रतिशत सेवा सञ्चालन

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण अवरुद्ध

भोटेकोशी बाढीः लुम्बिनीका २४८ जना अझै सम्पर्कविहीन

कपिलवस्तु – रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको