चिनियाँ युद्धपोतले फिलिपिनी युद्धपोतलाई ठक्कर दियो : फिलिपिन्स « Khabarhub

चिनियाँ युद्धपोतले फिलिपिनी युद्धपोतलाई ठक्कर दियो : फिलिपिन्स


११ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्लो समय दक्षिण चीन सागरमा चीन र फिलिपिन्सबीच तनाव बढिरहेको छ । फिलिपिन्सले हालै मात्र चिनियाँ तटरक्षक युद्धपोतले आफ्ना युद्धपोतलाई ठक्कर दिएको आरोप लगाएको छ ।

फिलिपिनी पक्षका अनुसार घटना पश्चिमी फिलिपिनी सागरमा पर्ने एस्कोदा (सबिना) शोलमा भएको हो । फिलिपिन्सले दक्षिण चीन सागरलाई पश्चिम फिलिपिनी सागर भन्दै आएको छ ।

आफ्ना बीआरपी केप एनगानो र बीआरपी बाकागेमाथि चिनियाँ तटरक्षक युद्धपोतले उत्तेजक गतिविधि गरेको फिलिपिन्सको आरोप छ ।

घटना भएका बेला फिलिपिन्सका युद्धपोत लावाक र पटाग टापुतर्फ बन्दोबस्तीका सामान लैजाने क्रममा रहेको त्यहाँको राष्ट्रिय सुुरक्षा परिषदका प्रवक्ता जोनाथन मलायालाई उद्धृत गर्दै फिलिपिनी इनक्वाइररले जनाएको छ । दुर्घटनाका बावजुद दुबै जहाजमा ठूलो नोक्सानी नभएको जनाइएको छ ।

उता, चीनले भने पटक पटकको चेतावनीका बावजुद फिलिपिनी युद्धपोत चिनियाँ युद्धपोततर्फ ठोक्किन आएको प्रतिक्रिया दिएको छ ।

प्रकाशित मिति : ११ भाद्र २०८१, मंगलबार  ९ : ५७ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै