एकीकृत समाजवादीको महिला उपाध्यक्षमा रामकुमारी र जयन्ती भिड्दै « Khabarhub

एकीकृत समाजवादीको महिला उपाध्यक्षमा रामकुमारी र जयन्ती भिड्दै


११ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


369
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एकीकृत समाजवादीको महिला उपाध्यक्षमा रामकुमारी झाँक्री र जयन्ती देवी राई भिड्दै छन् ।

उनीहरू महिला उपाध्यक्ष पदमा भिड्न लागेका हुन् । रामकुमारीलाई युवा र सम्मानित नेता झलनाथ समूहको साथ मिलेको छ ।

नेकपा एमालेबाट टुक्रिएर नयाँ पार्टी बनाउने अभियानमा नेतृत्वदायी भूमिका खेले पनि रामकुमारी र समाजवादीका अध्यक्ष माधव नेपालबीच सम्बन्ध राम्रो छैन ।

उनी पार्टीमा आफूलाई दिइएको भूमिकालाई लिएर लामो समयदेखि असन्तुष्ट छिन् । यस्तोमा रामकुमारीलाई सम्मानित नेता खनाल  र महासचिव घनश्याम भुसालसहितको साथ छ ।

यता जयन्तीलाई माधव नेपाल समूह र पुराना नेताहरूले साथ दिएका छन् । जयन्ती यसअगाडि पनि महिला उपाध्यक्ष थिइन्,  झाँक्री सचिव थिइन् ।

उनी नेतृत्व हस्तान्तरण भएको भए महासचिवको तयारीमा थिइन् । तर अध्यक्षमा माधव नेपाल र महासचिवमा घनश्याम भुसाल नै दोहोरिएपछि उनको त्यो योजना पूरा हुन पाएन।

जयन्ती अहिले राष्ट्रिय सभाकी सदस्य छिन् भने रामकुमारी गुल्मीमा भएको निर्वाचनमा एमालेका गोकर्ण विस्टसँग पराजित भएकी थिइन् ।

प्रकाशित मिति : ११ भाद्र २०८१, मंगलबार  १ : ४० बजे

१८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य बनाउने नीति नभएको रास्वपाको स्पष्टोक्ति

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रथम राष्ट्रिय महाधिवेशनमा प्रस्तुत

पौडी खेल्ने क्रममा डुबेर बालिकाको मृत्यु

दाङ – दाङको घोराहीमा सिँचाइका लागि बनाइएको ड्याममा पौडी खेल्ने

बोर्डको हिट लिस्ट : पलको सोलो सफलता, अनमोलको इन्ट्री, ९ वर्षपछि भेटियो ‘लुट २’

काठमाडौं – ७ करोडभन्दा बढी ग्रस कलेक्सन गर्ने ब्लकबस्टरको संज्ञा

श्रममन्त्रीसँग नेपालका लागि युएईका राजदूतको शिष्टाचार भेट

काठमाडौं – युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवसँग नेपालका लागि

बालबालिकालाई रुखमा बाँधेर कुटपिट गर्ने चार जना पक्राउ

बारा – बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१६ टाँगियाबस्तीमा बालबालिकालाई डोरीले बाँधेर