साफ यू–२० च्याम्पियनसिप : फाइनलमा नेपालको प्रतिद्वन्द्वी बंगलादेश | Khabarhub Khabarhub

साफ यू–२० च्याम्पियनसिप : फाइनलमा नेपालको प्रतिद्वन्द्वी बंगलादेश


११ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  साफ यु २० च्याम्पियनसिपको फाइनल खेलमा बुधबार नेपाल र बङ्गलादेश भिडदैछन् ।

फाइनल खेल सातदोबाटो स्थित एन्फा कप्लेक्समा दिउसो साढे दुई बजे सुरु हुनेछ । नेपाल र बङ्गलादेश दुवै टोली पहिलो पटक साफ यु २० च्याम्पियनसिपको उपाधि हात पार्ने रणनीतिका साथ मैदान उत्रने तयारीमा छन् ।

फाइनल अघि मंगलबार एन्फा कप्लेक्समा आयोजित प्रिम्याच कन्फ्रेन्समा नेपाली यु २० राष्ट्रिय टोलीका कप्तान कुशल देउवाले फाइनलको तयारी निकै राम्रो भइरहेको बताए । उनले बंगलादेशसंग समूहचरणमा निकै राम्रो खेल खेलेको भन्दै फाइनलमा पनि बलियो रणनीतिका साथ मैदान उत्रने धारणा राखे ।

त्यस्तै नेपाली यु–२० राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले यसअघिका सबै खेलका साथै अभ्यासपनि एन्फा कप्लेक्समा भएका कारण फाइनल सोही मैदानमा खेल्न थप सहज हुने बताए । फाइनलको दबाब झेल्न नेपाली टिम तयार रहेको उनको भनाइ छ ।

त्यस्तै बंगलादेशका कप्तान र प्रशिक्षकले पनि फाइनलका लागि पूर्ण रूपमा तयार रहेको बताएका छन् ।

सेमिफाइनलमा नेपालले भुटानलाई र बंगलादेशले भारतलाई पराजित गर्दै फाइनल प्रवेश गरेका हुन् । समूह चरणमा दुवै टोली समूह ए मा रहेका थिए ।

प्रकाशित मिति : ११ भाद्र २०८१, मंगलबार  ५ : ०९ बजे

परराष्ट्रमन्त्रीले भनिन्- बोली,आचरण र व्यवहार पार्टीलाई कसरी सुदृढ बनाउने भन्ने हुनुपर्छ

गण्डकी– नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले

गुल्मीमा ८७ प्रतिशत क्षेत्रफलमा रोपाइँ

गुल्मी– जिल्लाका किसानहरू वर्षा सुरु भएसँगै रोपाइँमा व्यस्त बनेका छन्

एमाले विधान महाधिवेशनको तयारीका लागि जिम्मेवारी बाँडफाँड

काठमाडौं– नेकपा (एमाले)ले आगामी भदौमा हुने दोस्रो विधान महाधिवेशनको व्यवस्थापनका

क्यानको बोर्ड बैठक मूलपानीमा : एनपीएलको हिसाबकिताब मुख्य एजेन्डा

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)को बोर्ड बैठक मूलपानीमा बसिरहेको छ।

‘थानकोट-चित्लाङ सडक आर्थिक विकास र समृद्धिका लागि सहयोगी बन्नेछ’

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले थानकोट-चित्लाङ सडकको स्तरीकरणलाई