संसद्‍‍मा प्रचण्डको अभिव्यक्ति सत्ताबाहिर रहँदाको आक्रोश : रामहरि खतिवडा « Khabarhub

संसद्‍‍मा प्रचण्डको अभिव्यक्ति सत्ताबाहिर रहँदाको आक्रोश : रामहरि खतिवडा


११ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


408
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले प्रतिनिधिसभामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्ति सत्ताबाहिर रहँदाको आक्रोश भएको टिप्पणी गरेका छन् ।

मंगलबार संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै खतिवडाले सत्ता छाड्दाको पीडाले प्रचण्डले सदनमा आक्रोशपूर्ण अभिव्यक्ति दिएको टिप्पणी गरेका हुन् ।

त्यसक्रममा संविधानका सबै कुरा मान्न तयार रहेको भन्ने अभिव्यक्ति सकारात्मक पक्ष भएको उनले बताए ।

त्यस्तै खतिवडाले सार्वजनिक लेखा समिति प्रतिपक्षीले पाउने अधिकार रहे पनि यसअघिका नजिर हेर्नुपर्ने बताए ।

खतिवडाले प्रयोग गरिएका विद्युत् महशुल तिर्नैपर्ने उल्लेख गरे। यसमा देखिएको विवादलाई मन्त्रिपरिषदले निर्णय गरेर हल गर्नुपर्ने उनले सुझाव दिए ।

विभिन्न आयोगहरूका सुझाव प्रतिवेदनलाई आधारमा मानेर विद्युत् महशुलबारे सरकारले आवश्यक निकास निकाल्नुपर्ने उनले बताएका छन् ।

प्रकाशित मिति : ११ भाद्र २०८१, मंगलबार  ५ : १८ बजे

विश्वविद्यालयका उपकुलपतिसँग शिक्षा तथा खेलकुद मन्त्रालयको छलफल

काठमाडौं– शिक्षा तथा खेलकुद मन्त्रालयले केही विश्वविद्यालय ऐन संशोधनसम्बन्धी विधेयक

बागमतीमा सरकार टिकाउन तीन दलबीच नयाँ समझदारी, मन्त्रालय ८ भन्दा नबढाउने

काठमाडौं- बागमती प्रदेश सरकार सञ्चालनका लागि नेपाली कम्युनिस्ट पार्टी, नेकपा

विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौं– प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू

‘सरकारको कार्यशैलीमा प्रश्न गर्न सत्तापक्षका सांसदलाई कुनै रोकतोक छैन’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक क्रान्तिशिखा धितालले वरिष्ठ नेता वालेन्द्र