यस्तो छ फिल्म ‘सानो संसार’को गीत ‘मग मग फूलबारी’ | Khabarhub Khabarhub

यस्तो छ फिल्म ‘सानो संसार’को गीत ‘मग मग फूलबारी’


११ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – असोज ११ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘सानो संसार’को गीत ‘मग मग फूलबारी’ सार्वजनिक भएको छ । काठमाडौंमा सोमबार एक कार्यक्रम गरी निर्माण पक्षले गीत सर्वाजनिक गरेको हो ।

गीतमा राजनराज सिवाकोटी र मेलिना राईले स्वर दिएका छन् । गीतको शब्द र संगीत सिवाकोटीकै हो । विवाहको सेटअपमा तयार पारिएको सो गीतमा फिल्मका मुख्का कलाकारहरु फिचर्ड छन् । भिडियोमा सुजैन खड्का र मनोज खड्काको कोरियोग्राफी हेर्न सकिन्छ ।

पारिवारिक कथावस्तुमा निर्माण भएको सिनेमामा हास्य कलाकार केदार घिमिरे ‘माग्नेबुढा’की श्रीमती सीतादेवी तिमल्सेनाको मुख्य भूमिका छ ।

फिल्ममा सीतासहित राज पंगेनी शर्मा, अनु दाहाल, अन्जसा रिजाल शिशिर सिवाकोटी, सरिता भण्डारी र जीवन गौतमको अभिनय छ ।

यो फिल्मको प्रदर्शन मिति केही दिनअघि हेरफेर गरिएको हो । पहिला प्रदर्शन मिति असोज १७ गतेलाई तोकिएको थियो ।

राजधानी मिडिया एड प्रोडक्सन र प्रिन्सेस मूभिजको ब्यानरमा यो फिल्म बनेको हो । यसको सह-निर्माता अर्जुन कुमार र कार्यकारी निर्माता माधव वाग्ले हुन् ।

सिद्धार्थ पुडासैनीले फिल्मको निर्देशन गरेका हुन् । यही सिनेमाबाट उनले लेखन तथा निर्देशनमा डेब्यू गरेका हुन् । उनलाई कथा लेखनमा सरिष्मा खत्रीले सघाएकी छन् ।

प्रकाशित मिति : ११ भाद्र २०८१, मंगलबार  ७ : ५८ बजे

गैरआवासीय नेपाली सङ्घ रुसको अध्यक्षमा कट्टेल

काठमाडौं– गैरआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् रुसको नयाँ कार्यसमिति

भक्तपुरमा तालाबन्दी गरिएका पानी उद्योगको ताला खुल्यो

भक्तपुर– यहाँको झौखलेका केही खानेपानी उद्योगमा प्रदूषित पानी बिक्री गरेको

प्रधानमन्त्रीलाई एमाले कैलाली-२ को ध्यानाकर्षण पत्र : सुदूरपश्चिमको विकास र पूर्वाधारमा जोड

धनगढी– नेकपा एमाले कैलाली क्षेत्र नं. २ निर्वाचन क्षेत्रीय समन्वय समितिले

ओलीको नजरमा यी हुन् एमालेमाथि आक्रमण गर्ने चारथरी शक्ति

काठमाडौं- प्रमुख सत्तारूढ नेकपा एमालेले पछिल्लो समय पार्टीमाथि चौतर्फी आक्रमण

चितवनमा करेन्ट लागेर एक जनाको मृत्यु

भरतपुर– चितवनमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।