एकीकृत समाजवादीको पदाधिकारीमा को को आए ? « Khabarhub

एकीकृत समाजवादीको पदाधिकारीमा को को आए ?


१२ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एकीकृत समाजवादीको १८ जना पदाधिकारीका लागि भएको मतदानको गणना सम्पन्न भएको छ ।

अन्तिम परिणामअनुसार महिला उपाध्यक्षमा जयन्ती देवी राई निर्वाचित भएकी छिन् । उनले रामकुमारी झाँक्रीलाई हराएकी हुन् ।

यस्तै, मधेसी उपाध्यक्षमा धर्मनाथ प्रसाद शाह, खुल्ला उपाध्यक्षमा डा. गंगालाल तुलाधर, जगन्नाथ खतिवडा, भानुभक्त जोशी र प्रकाश ज्वाला विजयी भएका छन् ।

यस्तै, उपमहासचिवमा खुलातर्फ गरिमा शाह, राजेन्द्र राई, रामकुमार भट्टराई, मेटमणि चौधरी निर्वाचित भए ।

यसैगरी सचिवमा गणेश बिक (दलिततर्फ), बलदेब चौधरी (आदिवासी जनजाति), खुलातर्फ श्रीनाथ बराल, साबित्रा भुषाल, शेरबहादुर कुँवर, सोम प्रसाद पाण्डे, चन्द्र बहादुर शाही विजयी भएका छन् । वरिष्ठ उपाध्यक्षमा भने राजेन्द्र पाण्डे निर्विरोध निर्वाचित भएका थिए ।

गत असारमा काठमाडौँमा भएको दशौँ महाधिवेशनले अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भूसाललाई सर्वसम्मत चयन गरेको थियो ।

एकीकृत समाजवादीमा २१ पदाधिकारीको व्यवस्था छ ।

प्रकाशित मिति : १२ भाद्र २०८१, बुधबार  ७ : २३ बजे

शिक्षाको गुणस्तर अभिवृद्धिमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण छ : उपराष्ट्रपति

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले शिक्षाको गुणस्तर अभिवृद्धिमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण

नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले गरेँ पद बहाली

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गरेकी छन् । प्रधानमन्त्री

नेपाल स्वास्थ्यकर्मी संघको अध्यक्षमा दीपकराज भट्ट निर्वाचित

काठमाडौं– नेपाल स्वास्थ्यकर्मी संघको अध्यक्षमा दीपकराज भट्ट निर्वाचित भएका छन्

चितवनको सौराहामा १९औँ हात्ती तथा पर्यटन महोत्सव सुरु (तस्बिरहरू)

 काठमाडौं– चितवनको प्रमुख पर्यटकीय गन्तव्य सौराहामा आजदेखि १९ औँ संस्करणको

लप्सीको रुखबाट लडेर वैतेश्वरका तामाङको मृत्यु 

दोलखा– लप्सी टिप्ने क्रममा रुखबाट खसेर गम्भीर घाइते भएका दोलखाको