‘भ्रष्टाचारका फाइल खोल्न सकेन, अब यो सरकारसँग कुनै आश छैन’ « Khabarhub

‘भ्रष्टाचारका फाइल खोल्न सकेन, अब यो सरकारसँग कुनै आश छैन’


१२ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जनता समाजवादी पार्टी नेपालका सांसद राजकिशोर यादवले सरकारले गरेको राजदूत सिफारिसप्रति आपत्ति जनाएका छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकको विशेष समयमा बोल्दै यादवले समानुपातीक समावेशितालाई ख्याल नगरि राजदूत सिफारिस गरिएको भन्दै आपत्ति जनाए ।

उनले संविधानमा रहेको व्यवस्थालाई सरकारले मान्नुपर्छ की पर्दैन भन्दै प्रश्नसमेत गरे । पहिलो र दोश्रो दल मिलेर बनेको सरकार अन्तिम विकल्प भए पनि सरकार ट्रंकलाइनमा अल्झिएको उनले बताए ।

यादवले ठूला कुरा गरेर कुनै काम नगर्न नसक्ने अवस्थामा वर्तमान सरकार देखिएको धारणा राखे । अहिलेको सरकारले भ्रष्टाचारका कुनै फाइल खोल्न नसक्दा जनतामा आशा नदेखिएको उनको भनाइ छ ।

उनले भ्रष्टाचार कसुरमा पाँच वर्ष हदम्याद राख्ने प्रस्ताव स्वीकार्य नहुने भन्दै कुनै हदम्याद नचाहिने स्पष्ट पारे । टुँडिखेलमा जनताले नेताहरूप्रति गरेको विरोध प्रारम्भीक संकेत भएकाले सुध्रनुको विकल्प नरहेको पनि उनले बताए ।

 

प्रकाशित मिति : १२ भाद्र २०८१, बुधबार  ६ : ५७ बजे

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित

मनास्लु आरोहण सुरु

गोरखा – शरद ऋतुका लागि मनास्लु हिमालको आरोहण सुरु भएको

बागमती सरकारले जटिल रोगका बिरामीलाई उपचारमा सहुलियत दिने

मकवानपुर – बागमती प्रदेश सरकारले क्यान्सर, हृदयघात तथा महिलामा हुने

ओली बोलाउँदा गुन्डु गएनन् शंकर र विष्णु, भने – प्रतिवेदनबाटै जवाफ दिन्छौं

काठमाडौं – नेकपा (एमाले)को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलका