परराष्ट्रमन्त्रीले भनिन्- सुदूरपश्चिमको विकासका लागि भारतसँग कुरा गरेर आएकी छु « Khabarhub

परराष्ट्रमन्त्रीले भनिन्- सुदूरपश्चिमको विकासका लागि भारतसँग कुरा गरेर आएकी छु


१२ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


360
Shares
  • change font
  • change font
  • change font

धनगढी- परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले मुलुकको सुदूरपश्चिम क्षेत्रको विकासका लागि आफू प्रतिबद्ध रहेको बताएकी छन् ।

गौरा पर्व मनाउन बुधबार धनगढी पुगेकी परराष्ट्रमन्त्री डा. राणाले आफू यस क्षेत्रको विकासका लागि प्रतिबद्ध रहेको बताइन् । यस क्षेत्रको विकासबारे भारत सरकारसँग पनि कुरा उठाएको उनले बताइन् ।

धनगढी उपमहानगरपालिका-४ मा निर्मित आधारभूत स्वास्थ्य केन्द्र एवम् वडा कार्यालय भवनको उद्घाटन गर्दै उनले भारत भ्रमणका क्रममा गौरीफन्टा नाकालाई पूर्ण क्षमतामा चलाउन स्तरोन्नतिबारे कुरा राखेको जानकारी पनि दिइन् ।

‘केही वर्षमात्रै अघि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणका बेला यो नाकाबारे कुरा राख्नुभएको थियो । यो नाका सुदूरपश्चिमत्रकै एक ‘लाइफा लाइन’ हो’, उनले भनिन्, ‘त्यसैले यस पटकको भ्रमणमा मैले हाम्रातर्फबाट कुरा राखेको छु । भारतीय पक्षबाट पनि केही लिखित प्रस्ताव मागिएको छ । हामी यो नाकाको स्तरोन्नति गरी पूर्ण क्षमतामा चलाउने प्रक्रिया अघि बढाउने छौँ ।’

त्यसैगरी भारत भ्रममणकै क्रममा धनगढीको फाप्लामा निर्माण हुने बहुउद्देश्यीय खेलमैदानबारे कुरा उठाएको उनले बताएकी छन् ।

लामो समयदेखि कांग्रेसको नेतृत्वको सरकारले विकास निर्माणका काम गर्दै आएको स्मरण गर्दै उनले स्थानीय सरकारलाई बलियो बनाउने गरी संवैधानिक व्यवस्था गर्ने जिकिर गरिन् ।

गौरा पर्व मनाउन बिहान धनगढी पुगेकी मन्त्री राणाले त्यहाँस्थित निवासमा पूजा गरेकी थिइन् । उनलाई धनगढी विमानस्थलमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह, मन्त्रीहरू, प्रदेशका उच्च सरकारी अधिकारी तथा कांग्रेसका स्थानीय कार्यकर्ताले स्वागत गरे ।

प्रकाशित मिति : १२ भाद्र २०८१, बुधबार  ७ : ०६ बजे

महामन्त्री पदमा १० जनाको उम्मेदवारी, रञ्जु दर्शना मात्रै महिला प्रत्याशी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा महामन्त्री पदका लागि

महिला उपसभापतिमा तोशीमा र सोबिताबीच प्रतिस्पर्धा, लिमा अधिकारी पछि हटिन्

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महिला उपसभापति पदमा

प्याराग्वेसँग गोलरहित बराबरी खेल्दै अस्ट्रेलिया विश्वकपको नकआउट चरणमा

काठमाडौँ – प्याराग्वेसँग कडा प्रतिस्पर्धाबीच ०–० गोलको बराबरी खेल्दै अस्ट्रेलिया

सोबितालाई समर्थन गर्दै समीक्षाले फिर्ता लिइन् उपसभापतिको उम्मेदवारी

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को खुला उपसभापति पदकी उम्मेदवार समीक्षा

विश्वकपको रोमान्चक खेलमा अमेरिका पराजित : टर्कीको सान्त्वना जित

काठमाडौँ – जारी विश्वकपको समूह चरणबाटै बाहिरिसकेको टर्कीले आफ्नो अन्तिम