नदी तर्ने क्रममा काठेपुलबाट खसेर मोटरसाइकल चालक बेपत्ता « Khabarhub

नदी तर्ने क्रममा काठेपुलबाट खसेर मोटरसाइकल चालक बेपत्ता


१२ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

जुम्ला – जुम्लामा नदी तर्ने क्रममा मोटरसाइकल चालक बेपत्ता भएका छन् ।

जिल्लाको पातारासी गाउँपालिका–४ मा रहेको लुमस्थित जवा नदीको काठेपुल तर्ने क्रममा खसेर मोटरसाइकल चालक सोही गाउँपालिका–७ रिनी निवासी २८ वर्षीय हरिकृष्ण बुढा बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी उमेश चन्दले जानकारी दिए ।

आज बिहान पालिकाको लासी बजारबाट तल्फी जाने क्रममा क १ प १८२० नम्बरको मोटरसाइकल नदीमा खसेको जानकारी आएपछि उद्धारका लागि प्रहरी घटनास्थलमा खटिएको थियो ।

मोटरसाइकलमा सवार यात्रु पातारासी गाउँपालिका–७ रिनीका का २७ वर्षीय जयबहादुर खड्कालाई उद्धार गरिएको सूचना अधिकारी चन्दले बताए । बेपत्ता चालकको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १२ भाद्र २०८१, बुधबार  ८ : ५५ बजे

प्याराग्वेसँग गोलरहित बराबरी खेल्दै अस्ट्रेलिया विश्वकपको नकआउट चरणमा

काठमाडौँ – प्याराग्वेसँग कडा प्रतिस्पर्धाबीच ०–० गोलको बराबरी खेल्दै अस्ट्रेलिया

सोबितालाई समर्थन गर्दै समीक्षाले फिर्ता लिइन् उपसभापतिको उम्मेदवारी

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को खुला उपसभापति पदकी उम्मेदवार समीक्षा

विश्वकपको रोमान्चक खेलमा अमेरिका पराजित : टर्कीको सान्त्वना जित

काठमाडौँ – जारी विश्वकपको समूह चरणबाटै बाहिरिसकेको टर्कीले आफ्नो अन्तिम

लागूऔषधको ‘सप्लाई–चेन ब्रेक’ गर्न गृहमन्त्री गुरुङको प्रहरीलाई निर्देशन

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले क्षणिक मनोरञ्जनका लागि प्रयोग गरिने

प्रतिनिधिसभा बैठक : पाँच विधेयक प्रस्तुत हुने, आर्थिक विधेयक पारित गर्ने कार्यसूची

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा पाँच वटा विधेयक प्रस्तुत हुँदैछन् ।