मलेशियाका प्रधानमन्त्री भारतमा « Khabarhub

मलेशियाका प्रधानमन्त्री भारतमा


१२ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – द्विपक्षीय सम्बन्धलाई बृहत् रणनीतिक स्तरमा विस्तार गर्न भारत र मलेशिया सहमत भएका छन् । मलेशियाको प्रधानमन्त्री अनवर इब्राहिमको भारत भ्रमणका क्रममा यस्तो सहमति भएको हो ।

प्रधानमन्त्री इब्राहिमको भ्रमणका क्रममा दुई मुलुकबीच शिक्षा, श्रम र पर्यटनजस्ता क्षेत्रमा सहकार्य वृद्धि गर्ने विषयमा पनि सहमति भएको छ ।

भारतीय समाचार संस्था एएनआईकाअनुसार भारत भ्रमणका क्रममा प्रधानमन्त्री इब्राहिमले भारतीयसमकक्षी नरेन्द्र मोदीसँग पनि भेटवार्ता गरेका थिए ।

भेटवार्ताका क्रममा दुई देशका प्रधानमन्त्रीबीच रक्षा, राजनीतिक र सुरक्षा सहकार्यबारे छलफल भएको थियो ।त्यसबाहेक आर्थिक एवम् व्यापार, डिजिटल प्रविधि, ऊर्जा, स्वास्थ्यसेवा, सँस्कृति र जनस्तरको सम्बन्ध थप मजबुतबनाउने विषयमा पनि दुई नेताबीच छलफल भएको थियो ।

प्रकाशित मिति : १२ भाद्र २०८१, बुधबार  ९ : ४२ बजे

संसदीय समितिमा यातायातको चर्चा : चालक अभावदेखि भारतीय गाडीले पूर्वाधार बिगारेकोसम्म

काठमाडौं- प्रतिनिधि सभाका १० विषयगत समितिमध्ये मंगलबार पूर्वाधार विकास समितिको

मुस्ताङका होटल-पसलमा अनुगमन

मुस्ताङ– जिल्ला सदरमुकाम जोमसोमका होटल तथा पसलमा छड्के बजार अनुगमन

नेपालका दुई निजी स्वास्थ्य संस्था बङ्गलादेशमा सम्मानित

काठमाडौं– नेपालका निजी क्षेत्रका दुई स्वास्थ्य संस्थाले बङ्गलादेशमा आयोजित अन्तर्राष्ट्रिय