आज २०८१ साल भदौ १३ गते बिहीबारको राशिफल « Khabarhub

आज २०८१ साल भदौ १३ गते बिहीबारको राशिफल


१३ भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल भदौ १३ गते बिहीबार तदनुसार सन् २०२४ अगष्ट २९ तारिख। भाद्र कृष्ण पक्षको एकादशी तिथि। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : नसोचेको धन हात पर्ने योग छ। शुभ समाचार सुन्न पाइने छ। नयाँ वस्त्र धारण गर्ने अवसरले मन शान्त हुनेछ। ठुला व्यक्तिसँगको भेटले धेरै काम बन्नेछन्। काम गर्ने संस्कारको विकास हुनेछ। परिवारमा मेलमिलाप होला।

वृष : तपाईंको योजना अनुरुप काम नहुने दिन छ। वैदेशिक क्षेत्रको लगानीबाट उन्नति नभए पनि आफ्नै देशमा अवसर मिल्नेछ। परिवारमा कुरा बुझाबुझ नहुँदा मनमुटाव हुने योग छ। थोरै बोलेर महत्त्वपूर्ण काम गर्नुपर्ने देखिन्छ। तपाईं शान्त भए परिवारमा खुशी मिल्नेछ।

मिथुन : कला र साहित्यका क्षेत्रमा झुकाब रहने छ। जसबाट नाम, दाम र इनाम प्राप्त हुनेछ। सामाजिक क्षेत्रमा प्रतिष्ठा बढ्नेछ। तपाईंका साथीबाट भने असहयोग रहे पनि पारिवारिक प्रेममा भने सफलता मिल्नेछ।

कर्कट : पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुनेछ। आज पुरानो लगानी उठाएर अर्को ठाउँमा ठुलो लगानी नगर्नु राम्रो होला। पर्यटनको क्षेत्रबाट सफलता मिल्नेछ। परिवारको साथ र सहयोग रहने योग छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

सिंह : तपाईंका योजना दीर्घकालसम्म काम लाग्नेछन्। मनमा उत्साह र उमंग रहने छ। लगानीका क्षेत्रमध्ये वैदेशिक क्षेत्रबाट फाइदा हुनेछ। हतारमा निर्णय नगर्नु राम्रो हुन्छ। मनको कुरा सुरुमै सार्वजनिक गर्ने स्वभावले समस्या हुनसक्छ।

कन्या : शिक्षा क्षेत्रमा प्रगति हुनेछ। लगानीको क्षेत्रबाट फाइदा हुनेछ। स्वास्थ्य र सामाजिक क्षेत्रमा काम गर्ने अवसर मिल्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। लगानी गर्दा सहकार्य गर्नु फाइदा हुनेछ।

तुला : राजनीतिक क्षेत्रमा सक्रिय हुँदा परिवारमा विवाद हुनसक्छ। ठुलो ठाउँमा नीति निर्माणको जिम्मेवारी प्राप्त हुनेछ। विपक्षी समूह सक्रिय भएकाले सचेत बनेर काम गर्नु राम्रो हुनेछ। विरोधी सक्रिय भए पनि परिवारको साथ र सहयोग मिल्नेछ।

वृश्चिक : पुरानो कुराले उत्तेजित बनाउने योग छ। शान्त रहन नसके आफैलाई रोगले सताउने जोखिम देखिन्छ। आफूभन्दा ठुला मानिससँग सल्लाह लिएर अगाडि बढ्नु राम्रो हुनेछ। श्रम र लगानीका क्षेत्रबाट उचित पारिश्रमिक प्राप्त हुनेछ। काम गर्नु अगाडि घर सल्लाह आवश्यक देखिन्छ।

धनु : लगानीका क्षेत्र धेरै राम्रा छन्। वैदेशिक क्षेत्रकको लगानीबाट तपाईंको धन बढ्नेछ। धार्मिक कार्यको सुरुवातबाट काम गर्नु राम्रो हुनेछ। धार्मिक प्रवचन सुनेमा धर्मप्रति झुकाब बढ्नेछ। परिवारको साथमा बसेर रमाइलो गर्ने दिन छ।

मकर : शिक्षाको क्षेत्रमा लगानी भए तपाईंको उन्नति हुनेछ। व्यापार सुरु गर्नुपरे सुरुमा संयुक्त रुपमा लगानी गर्नु राम्रो हुनेछ। राजनीतिक क्षेत्रमा ठगको जालोमा पर्ने योग छ। व्यवहार गर्दा सचेत बन्नुपर्ने देखिन्छ। परिवारको इच्छा बुझेर काम गर्न नसेके धोका हुनसक्छ।

कुम्भ : तपाईंले सहयोग गर्नुभएकाबाट नै असहयोग हुनेछ। शिक्षाको क्षेत्रमा तपाईंको सम्पत्तिको संरक्षण हुनेछ। दक्षिणको लामो यात्रामा नजानु राम्रो हुनेछ। संकटमा परिवारको साथ र सहयोग गर्नेछन्।

मीन : धन खर्च हुने दिन छ। अरुले गरेको गल्तीको सजाय तपाईंले पाउने जोखिम छ। माथिल्लो तहका व्यक्तिको डर हुनेछ। थोरै बोलेर जित्नुपर्ने दिन छ। संकटमा तपाईंले साथीको सहयोग पाउने योग छ। बिहानै धार्मिक कार्यमा सहभागी भएमा दिन शान्त बन्नेछ।

प्रकाशित मिति : १३ भाद्र २०८१, बिहीबार  ५ : ०५ बजे

‘उम्मेदवारले तथ्य र तर्कका आधारमा आफूलाई प्रस्तुत गर्नुपर्छ’

काठमाडौं– कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले राजनीतिक दल र

आहा रारा गोल्डकप : दोस्रो सेमिफाइनलमा आज आभा एफसी र जावलाखेल भिड्ने

पोखरा– आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगितामा आज दोस्रो सेमिफाइनलको

भरतपुर विमानस्थलमा इन्धन ‘रिफिलिङ’ सेवा सुरु

चितवन– चितवनको भरतपुर विमानस्थलमा इन्धन सेवा सुरु भएको छ ।

विश्वपमा आज तीन खेल : पहिलो खेलमा वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गर्दै इटाली

काठमाडौं – आईसीसी टी–२० विश्वकपमा आज तीन खेल हुँदैछन्। पहिलो

लोकतन्त्र सुदृढीकरणका लागि संसद महत्त्वपूर्ण संस्था हो : राष्ट्रियसभा अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले लोकतान्त्रिक मूल्यहरूको रक्षा, सुदृढीकरण तथा