बाँकेमा बस दुर्घटना हुँदा दुईजनाको मृत्यु, २५ यात्रु घाइते « Khabarhub

बाँकेमा बस दुर्घटना हुँदा दुईजनाको मृत्यु, २५ यात्रु घाइते


१३ भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


495
Shares
  • change font
  • change font
  • change font

बाँके- दाङको तुलसीपुरबाट बाँकेको नेपालगञ्ज जाँदै गरेको भे १ ख २१२८ नम्बरको बस गनापुरमा बिहीबार दुर्घटना भएको छ।

कोहलपुर-नेपालगञ्ज सडकखण्डस्थित गनापुर नमस्ते रिसोर्ट अगाडि उक्त बस अनियन्त्रित भएर दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ । अन्य २५ जना घाइते भएका छन् ।

घाइतेहरूमध्ये २१ जनाको भेरी अस्पताल नेपालगञ्जमा र पाँचजनाको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

चालकले पट्टा भाँचिदा बस अनियन्त्रित भई दुर्घटनामा परेको बयान प्रहरीलाई दिएका छन् । अनियन्त्रित बसले एउटा मोटरसाइकललाई पनि ठक्कर दिएको सीसीटीभी फुटेजमा देखिएको छ ।

बसले किचेको भनिएको मोटरसाइकल र चालकबारे बुझ्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १३ भाद्र २०८१, बिहीबार  २ : २२ बजे

महिला उपसभापतिमा तोशीमा र सोबिताबीच प्रतिस्पर्धा, लिमा अधिकारी पछि हटिन्

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महिला उपसभापति पदमा

प्याराग्वेसँग गोलरहित बराबरी खेल्दै अस्ट्रेलिया विश्वकपको नकआउट चरणमा

काठमाडौँ – प्याराग्वेसँग कडा प्रतिस्पर्धाबीच ०–० गोलको बराबरी खेल्दै अस्ट्रेलिया

सोबितालाई समर्थन गर्दै समीक्षाले फिर्ता लिइन् उपसभापतिको उम्मेदवारी

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को खुला उपसभापति पदकी उम्मेदवार समीक्षा

विश्वकपको रोमान्चक खेलमा अमेरिका पराजित : टर्कीको सान्त्वना जित

काठमाडौँ – जारी विश्वकपको समूह चरणबाटै बाहिरिसकेको टर्कीले आफ्नो अन्तिम

लागूऔषधको ‘सप्लाई–चेन ब्रेक’ गर्न गृहमन्त्री गुरुङको प्रहरीलाई निर्देशन

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले क्षणिक मनोरञ्जनका लागि प्रयोग गरिने