भ्रष्टाचारका मुद्दामा हदम्याद राख्नु हुँदैन, कांग्रेस पनि यसमा तयार छ : प्रचण्ड « Khabarhub

भ्रष्टाचारका मुद्दामा हदम्याद राख्नु हुँदैन, कांग्रेस पनि यसमा तयार छ : प्रचण्ड


१३ भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


282
Shares
  • change font
  • change font
  • change font

धनगढी- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारका मुद्दामा पाँच वर्षे हदम्याद राख्न नहुने पक्षमा आफूहरू प्रष्ट रहेको बताएका छन् ।

धनगढीमा भएको पार्टीको प्रदेश परामर्श बैठकपछि पत्रकारसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

प्रचण्डले भ्रष्टाचारका विषयमा मुद्दा चलाउन पाँच वर्षे हदम्याद लगाउनु नहुने पक्षमा माओवादी स्पष्ट रहेको बताउँदै कांग्रेस पनि त्यसको विपक्षमा उभिने विश्वास जनाए ।

उनले माओवादीको प्रदेश परामर्श बैठकले नयाँ एकताको भाव पैदा गरेको बताए । पार्टी फुट र विवादको हल्ला निराधार रहेको बताउँदै उनले बरु विगतमा विभाजित माओवादी पार्टीहरूसँग एकताको तयारी भइरहेको जानकारी दिए ।

उनले सुदूरपश्चिमको संसदीय दलमा देखिएको विवाद पनि परामर्श बैठकबाट समाधान भएको जानकारी दिए ।

पार्टीले यसअघि गरेको सर्कुलर अब कार्यान्वयनमा जाने जानकारी दिँदै अध्यक्ष प्रचण्डले स्थायी समिति सदस्य खगराज भट्टलाई नै दलको नेता बनाउने पार्टी निर्णय रहेको बताए ।

प्रकाशित मिति : १३ भाद्र २०८१, बिहीबार  ५ : २७ बजे

परराष्ट्रमन्त्री खनाल टुभालुमा, जलवायु परिवर्तनको अवसरबारे छलफल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि

बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

चितवन– बिलबिजक बिना बिक्रीका लागि राखिएका ६३ थान मोबाइलसहित दुई

बेनी–जोमसोम–कोरला सडकको मर्मत जारी

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चीन

चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी

खोटाङ– दशैँ–तिहार तथा छठ पर्वलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यका

बाढीले झोलुङ्गे पुलमा क्षति, आवतजावतमा समस्या

तनहुँ– यही असोज ९, १० र ११ गते वर्षासँगै आएको