वनमन्त्री ठकुरीसँग अमेरिकी राजदूत थम्प्सनको भेट | Khabarhub Khabarhub

वनमन्त्री ठकुरीसँग अमेरिकी राजदूत थम्प्सनको भेट


१३ भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर थम्प्सनले शिष्टाचार भेट गरेका छन् ।

मन्त्रालयमा आज भएको भेटवार्ता नेपाल र अमेरिकाबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने सम्बन्धमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

भेटमा मन्त्री ठकुरीले अमेरिकाको अन्तर्राष्ट्रिय विकास सहयोग नियोग (युएसआइडी)ले विगत सात दशकदेखि नेपालको विकासको प्रमुख सहयोग रहँदै आएकामा राजदूतलाई धन्यवाद दिएका थिए  ।

मन्त्री शाहीले भने, ‘नेपालको आर्थिक सामाजिक वातावरणीय तथा शासकीय विकासमा अमेरिकी सरकारले खेलेको भूमिकाप्रति आभारी छु ।’ नेपालका हालैका दिनमा एमसिसीलगायत विभिन्न परियोजनामार्फत पूर्वाधार विकासमा अमेरिकी सरकारको महत्त्वपूर्ण सहयोग रहँदै आएको मन्त्री ठकुरीले बताए ।

उनले नेपालमा शिक्षा क्षेत्रमा विकास, सार्वजनिक स्वास्थ्य सुधार कार्यक्रमका माध्यमबाट जलवायु परिवर्तन अनुकूलन तथा न्यूनीकरण वन तथा जैविक विविधता संरक्षण वन्यजन्तु संरक्षण भूकम्पपछिको पुनः निर्माणलगायत विभिन्न क्षेत्रमा अमेरिकाको सहयोग रहेको बताए ।

सो अवसरमा राजदूत थम्प्सनले वन मन्त्रालयको आगामी कार्ययोजना तथा समस्या र समाधानका उपायबारे जानकारी लिएका थिए ।

साथै उनले युएसआइडीमार्फत नेपालको पर्यटन उद्योगमा काम गर्ने चाहना रहेको र नेपाल सरकार जलवायु परिवर्तन क्षेत्रमा केन्द्रित रहँदा खुसी लागेको बताएका थिए ।

प्रकाशित मिति : १३ भाद्र २०८१, बिहीबार  ५ : ३४ बजे

‘भोजपुर प्रतिभा पुरस्कार’बाट शाक्य पुरस्कृत

भोजपुर– प्रत्येक वर्ष प्रदान गरिँदै आएको ‘भोजपुर प्रतिभा पुरस्कार’बाट टक्सार

टुङ्गोमा पुगेन हमास र इजरायलको वार्ता

दोहा – इजरायल र हमासबीच आइतबार भएको वार्ता बिना निष्कर्ष

खावाको कृषि पकेट क्षेत्रमा सुन्तलाको बिरुवा वितरण

भोजपुर– भोजपुरको टेम्केमैयुङ गाउँपालिका– ५ खावाको कृषि पकेट क्षेत्रमा सुन्तलाका

कृषि कर्जालाई सरलीकृत गर्नुपर्नेमा मन्त्री अधिकारीको जोड

काठमाडौ‌– कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले कृषि कर्जालाई सरलीकृत

जिम्बाबेविरुद्ध मल्डरको दोहोरो शतकले बलियो अवस्थामा दक्षिण अफ्रिका

काठमाडौं – विश्व च्याम्पियन दक्षिण अफ्रिकाले जिम्बाबे विरुद्धको पहिलो टेस्टमा