पन्द्रुङका ६३ घरधुरीमा ‘एक घर, एक धारा’ | Khabarhub Khabarhub

पन्द्रुङका ६३ घरधुरीमा ‘एक घर, एक धारा’


८ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोरखा- गोरखाको बारपाक सुलीकोट गाउँपालिका–८ पन्द्रुङका ६३ घरधुरीमा ‘एक घर एक धारा’ पुगेको छ । गएको माघमा शुरु भएको ‘रिठ्ठेपानी खानेपानी आयोजना’ निर्माण सम्पन्न भएसँगै शनिबारदेखि सबै घरमा एक घर, एक धारा पुगेको वडाध्यक्ष कृष्णबहादुर गुरुङले जानकारी दिए ।

‘यहाँ खानेपानीको अत्यन्तै अभाव हुँदै आएको थियो’, वडाध्यक्ष गुरुङले भने, ‘एक गाग्री पानी लिन आधा घण्टा लगाएर तिरतिरेखोलामा धाउनुपर्ने बाध्यता रहँदै आएको थियो, आयोजना निर्माण सम्पन्न भएसँगै यहाँका समुदायमा रहेको खानेपानीको समस्या समाधान भएको छ ।’

आयोजना निर्माणका लागि गाउँपालिकाले ५ लाख, स्वाँरासघन गाउँ विकास केन्द्रले १७ लाख रुपैयाँ र बाँकी रकम उपभोक्ताबाट प्रतिघर १३ हजार रुपैयाँका दरले सङ्कलन गरिएको उनले बताए । त्यस्तै उपभोक्ता समितिले आयोजना निर्माणका लागि जनश्रमदानसमेत गरेका थिए ।

रिठ्ठेपानीको मुहानबाट तीन ट्याङ्की निर्माण गरी उपभोक्ताको घरघरमा पानी वितरण गरिएको वडाध्यक्ष गुरुङले बताए । निर्माण शुरु भएको सात महिनाको अवधिमा आयोजना निर्माणको काम सम्पन्न भएको उनको भनाइ छ । आयोजना निर्माण नहुँदा कतिले नजिकै खोलाबाट पाइप गाडेर ल्याएका धाराको पानी प्रयोग गर्दै आएका थिए ।

आयोजना निर्माण सम्पन्न भएसँगै खोलामा पुगेर डोकोमा पानी बोकेर ल्याउनुपर्ने बाध्यता हटेको रिठ्ठेपानी खानेपानी आयोजना उपभोक्ता समितिका अध्यक्ष सोमप्रसाद पनेरुले बताए । उनले भने, ‘सबै उपभोक्ता खुशी भएका छन्, घरघरमा पानीको धारा छ, स्वच्छ खानेपानीको सुविधा छ, पानीका लागि टाढासम्म धाउनुपर्ने बाध्यता पनि हटेको छ ।’

प्रकाशित मिति : ८ भाद्र २०७६, आइतबार  १२ : २२ बजे

नेप्सेका अध्यक्ष पौडेल सचिवमा बढुवा 

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अध्यक्ष शोभाकान्त पौडेल सचिवमा बढुवा

रञ्जिता–रेशम द्वन्द्व : नाउपामा मन्त्रीको नाम टुङ्गो लगाउन सकस

धनगढी– नागरिक उन्मुक्ति पार्टी (नाउपा) राजनीतिक दल हो, वा पारिवारिक सङ्गठन

युएईको भ्रमण गर्दै ट्रम्प

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बिहीबार संयुक्त अरब इमिरेट्स

चितवनको पुँजीगत खर्च ४४ प्रतिशत मात्र

चितवन– चितवनको समग्र विकासका लागि सङ्घीय सरकारले विनियोजन गरेको बजेटमध्ये

तराई, पहाड र हिमालको अनुभव हुने ‘ग्रेटर मुन्दुम ट्रेल’

खोटाङ– खोटाङको मैयुङ ट्याम्के साल्पा सिलिचुङ पर्यटन प्रवर्द्धन केन्द्रले ‘ग्रेटर