रवि आज छुट्ने सम्भावना कम ! « Khabarhub

रवि आज छुट्ने सम्भावना कम !


८ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा चितवन प्रहरीको हिरासतमा रहेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित ३ जनालाई अदालत लगिएको छ ।

अदालत लगिएसँगै उनीहरु विरुद्ध अभियोगत पत्र दर्ताको तयारी शुरु गरिएको छ ।

जिल्ला सरकारी वकिल कार्यालयले सम्भवतः आइतबार नै रविसहित ३ जनाविरुद्ध अभियोग पत्र दायर हुने जनाएको छ । जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधीवक्ता यदुनाथ शर्माले अहिले फाइल अध्ययन गर्ने काम भइरहेको र आज (आइतबार) नै अभियोग पत्र दर्ता गर्ने तयारी भएको जानकारी दिए ।

‘अहिले प्रहरीले गरेको अनुसन्धान, घटनासँगसम्बन्धित प्रमाणसहितको फाइल अध्ययन गरेर एकीकृत गर्ने काम भइरहेको छ,’ जिल्ला न्यायाधीशवक्ता शर्माले खबरहबसँग भने, ‘अध्ययनको काम सकिएपछि आज नै अभियोग पत्र दर्ता हुन्छ । आज नै दर्ता गर्नेगरी काम गरिरहेका छौं ।’

अबको प्रक्रिया के हुन्छ ?

पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा टेलिभिजन कार्यक्रम प्रस्तोता रविका अतिरिक्त न्यूज २४ टेलिभिजनमा कार्यरत युवराज कँडेल र नर्स रुकु भनिने अस्मिता कार्की पनि प्रहरी हिरासतमा छन् ।

प्रहरीले गत बिहीबार तीनै जनालाई काठमाडौंबाट पक्राउ गरी दोस्रो दिन (शुक्रबार) अदालतमा उपस्थित गराएको थियो ।

३ जनाविरुद्ध अनुसन्धान गर्न चितवन जिल्ला अदालतले ५–५ दिन गरी २ पटक १० दिनका लागि म्याद थप गरेको थियो । तीन जनाविरुद्ध थपिएको १० दिनको म्याद पूरा भएपछि आइतबार प्रहरीले उनीहरुलाई जिल्ला अदालतमा उपस्थित गराउने छ ।

प्रहरीले थप अनुसन्धान आवश्यक भए पुनः म्याद थपका लागि अदालतसमक्ष अनुरोध गर्न सक्छ । अदालतले आवश्यक देखेको खण्डमा पुनः म्याद थप गर्न पनि सक्छ ।

यद्यपि, जिल्ला सरकारी वकिलको कार्यालयले अभियोग पत्र दायर गर्ने तयारी गरिरहेकाले पुनः म्याद थप हुने संभावना भने कम रहेको कानूनविद्हरु बताउँछन् ।

जिल्ला सरकारी वकिलको कार्यालयले दायर गरेको अभियोग पत्र दर्ता भएमा जिल्ला अदालत चितवनले तीनैजना प्रतिवादी (रवि, युवराज र अस्मिता)को बयान लिन शुरु गर्नेछ ।

तीनै जनाको अदालती बयान सकिएपछि थुनछेक बहस शुरु हुन्छ । थुनछेक बहस सकिएपछि अदालतले तीनैजनाको सन्दर्भमा आदेश जारी गर्न सक्छ ।

अदालतले यस्तो आदेश जारी नगरुन्जेलसम्म भने रविसहितका तीनैजना प्रहरीको ‘न्यायिक हिरासत’मा रहनेछन् । आजै थुकछेक बहस सकिएर आदेश जारी हुने सम्भावना नभएको खण्डमा उनीहरु न्यायिक हिरासतमा रहनेछन् ।

थुनछेक बहसमा रविलगायत ३ जनाको पक्षमा बहस गर्ने वकिलहरुले आफ्नो दलिल पेश गर्नेछन् भने सरकारका तर्फबाट सरकारी वकिलले बहस गर्नेछन् । मृतक पत्रकार पुडासैनीका परिवारका तर्फबाट पनि बहस गर्ने अधिवक्ताहरु हुनसक्छन् ।

प्रकाशित मिति : ८ भाद्र २०७६, आइतबार  १२ : २६ बजे

म्याग्दीको बिम गाउँमा पक्की पदमार्ग

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ बिमको तल्लो र डाँडागाउँको पदमार्गलाई पक्की

हुम्लामा पहिरोले घर गोठ बगायो

हुम्ला – हुम्लाको चंखेली गाउँपालिका–५ मा भीषण असिनापानीपछि आएको पहिरोले

सशस्त्रका डीआईजी अञ्जनी पोखरेल एआईजीमा बढुवा सिफारिस

काठमाडौँ– सशस्त्र प्रहरीका प्रहरी नायव महानिरीक्षक (डीआईजी) अञ्जनी कुमार पोखरेलको

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ ।

धौलागिरि अस्पतालमा पहिलो पटक सर्पदंशको उपचार

बागलुङ– धौलागिरी प्रादेशिक अस्पताल बागलुङमा सर्पदंशका बिरामीको सफल उपचार गरिएको