पाँचथर विस्फोट अपडेट : घाइते अर्का बालकको पनि मृत्यु | Khabarhub Khabarhub

पाँचथर विस्फोट अपडेट : घाइते अर्का बालकको पनि मृत्यु


१४ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पाँचथरको फालेलुङ गाउँपालिका–५ प्राङवुङको डाडागाउँ टोलमा विस्फोटमा घाइते थप १ बालकको मृत्यु भएको छ।

पाँचथरमा बिहीबार माओवादी कार्यकर्ता आइतराज केरुङको घरमा विस्फोटक पदार्थ पड्कँदा चारजना बालबालिका घाइते भएका थिए। पाँचथरको फालेलुङ गाउँपालिका-५ प्राङवुङको डाडागाउँ टोलमा उक्त घटना भएको । घटनामा गम्भीर घाइते भएका दुईजना बालबालिकाको मृत्यु भइसकेको छ । स्थानीय दिलीप साँवाका ११ वर्षीय छोरा दिप्सन र अढाई वर्षीया छोरी प्रिन्साको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका डीएसपी हेमन्त भण्डारीले बताएका छन्।

डीएसपी भण्डारीले खबरहबसँग भने, ‘स्थानीयले विस्फोटक पदार्थ पड्किएको भन्नुभएको छ अहिले नेपाली सेनाको डिस्पोजल टोली पुगेको छ। अर्को घर पछाडि पनि शंकास्पद वस्तु भेटिएको छ। आइतराज केरुङ माओवादी कार्यकर्ता भएको भन्ने हामीले पनि सुनेका छौं हामी यसको अध्ययन अनुसन्धान गरिरहेका छौं। विस्फोटक पदार्थ कहाँ थियो र कहिलेबाट राखियो त्यसको विषयमा पनि हामी खोजी गरिरहेका छौं’ ।

घटनामा दुई बालबालिका घाइते भएका छन्। एकजना बालक ११ वर्षीय पवन राईको जिल्ला अस्पताल पाँचथरमा उपचार भइरहेको छ। यस्तै सात वर्षीय दिप्सन राईको भने सामान्य उपचार गराएर उनी फालेलुङमै छन्। दीप्सन राईलाई भने सामान्य चोट लागेको छ। 

जिल्ला प्रहरी कार्यालय पाँचथरका डीएसपी भण्डारीका अनुसार दीप्सन राईले भने घर पछाडिबाट खेल्ने क्रममा सामान्य गोल जस्तो वस्तु घरको धुरीबाट झरेको थियो त्यसलाई खेलाउन जाने क्रममा बालबालिकाहरू घाइते भएका हुन्। 

आइतराज केरुङको घरमा ज्ञानबहादुर राई बस्दै आएका थिए । उनका  छोरा पवन हुन । घाइते भएलगत्तै चारजना बालबालिकालाई जिल्ला अस्पताल पाँचथर पुगाइएको थियो।

जिल्ला अस्पतालमा उपचार हुन नसकेकी पछि दुई जना बालबालिकालाई झापास्थित बिएनसी अस्पताल रेफर गरिएको थियो। तर इलाम आइपुग्दा नै प्रिन्साको मृत्यु भएको प्रहरीको भनाइ छ ।  दिप्सनको राती १ वजे बी एन्ड सी अस्पताल झापा पुर्‍याउँदा नपुर्‍याउँदै  मृत्यु भइसकेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : १४ भाद्र २०८१, शुक्रबार  ९ : १४ बजे

प्रधानमन्त्री कार्की र पूर्व राष्ट्रपति यादवबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति डा रामवरण यादवबीच

भदौ अन्तिम साताको हिंसा र देश दोहनलाई परिवर्तन ठान्नु गलत : ज्ञवाली

काठमाडौं- नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले गत भदौ अन्तिम साता

फिलिपिन्समा आँधीका कारण मृत्यु हुनेको सङ्ख्या १०० भन्दा बढी पुग्यो

सेबु, फिलिपिन्स – मध्य फिलिपिन्समा आएको काल्मेगी आँधीका कारण देशभर

आम निर्वाचनपछि ब्यारेकमा फर्किने बङ्गलादेशको सेनाद्वारा घोषणा

बङ्गलादेश – बङ्गलादेशको सेनाले आगामी वर्षको शुरुमा हुने देशको १३औँ

सात दिनभित्र लिखित जवाफ पेस गर्न दलबाहेकलाई सर्वाेच्चको आदेश

काठमाडौं- सर्वोच्च अदालतले जेनजी आन्दोलन सुरु भएको विषयमा राजनीतिक दलहरूलाई