राजेन्द्र लिङ्देनको टिप्पणी- अस्थिरताका कारक कांग्रेस र एमाले नै हुन् | Khabarhub Khabarhub

राजेन्द्र लिङ्देनको टिप्पणी- अस्थिरताका कारक कांग्रेस र एमाले नै हुन्


१४ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अस्थिरताका कारक दलहरू नै अहिले सरकारमा रहेको बताएका छन् ।

राप्रपा केन्द्रीय सल्लाहकार समितिको बैठकलाई शुक्रबार काठमाडौंमा सम्बोधन गर्दै लिङ्देनले ठूलो दलका रुपमा मत पाएर अहिले सरकारमा रहेका दल नै अस्थिरताको प्रमुख कारक भएको बताए ।

उनले अहिले ठूला दलहरू मिलेर दुई दलीय व्यवस्था कायम गर्ने परिकल्पना सामान्य विषय नभएको जिकिर गरे ।

लिङ्देनले सत्ताको दुरुपयोग भएकै कारण मुलुकमाथि उठ्न नसकेको बताए । अब पनि राप्रपाजस्तो पार्टी शक्ति बलियो बनेर नआए देश दीर्घकालीन निराशाको खाडलमा गएर अराजकता आउनले उनले बताए ।

अहिले अभिभावकको रिक्ततालाई राप्रपाले नेतृत्व लिएर अन्त्य गर्नुपर्नेमा उनले जोड दिए । लिङ्देनले अहिलेको प्रणालीमा परिवर्तन गर्नुपर्ने भएकाले राप्रपाले ठीक ढंगले आफूलाई अघि बढाउनुपर्ने उल्लेख गरे ।

राप्रपा पनि निष्क्रियय भए देशका लागि दुर्भाग्य हुने उनले बताए । सदनमा राप्रपाले ठीक ढंगले आफ्नो काम गरिरहेको जिकिर पनि लिङ्देनले गरेका छन् ।

प्रकाशित मिति : १४ भाद्र २०८१, शुक्रबार  २ : ४० बजे

इजरायली धम्कीपछि इरानका तेलमन्त्रीद्वारा प्रमुख स्थलको भ्रमण

दमास्कस– इरानको तेल सुविधा जस्ता महत्त्वपूर्ण स्थललाई लक्षित गर्ने सम्भावित

प्रधानमन्त्रीलाई माओवादी केन्द्रले बुझायो ध्यानाकर्षणपत्र

काठमाडौ– प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेकपा (माओवादी केन्द्र) ले बाढी,

खाद्य कम्पनी र खुला बजारमा खसीबोकाको मूल्य उस्तै, च्याङ्ग्रा ८० रुपैयाँ सस्तो

काठमाडौं- सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चाडपर्वलक्षित गरेर

सेनाले राख्न थाल्यो खुर्कोटको सुनकोशीमा बेलिब्रिज

काठमाडौं– खुर्कोट र रामेछाप जोड्ने बेलिब्रिज निर्माणको काम सुरु भएको