विमानभित्र ‘चोरी गर्ने’ २ चिनियाँ नागरिक काठमाडौंमा पक्राउ | Khabarhub Khabarhub

विमानभित्र ‘चोरी गर्ने’ २ चिनियाँ नागरिक काठमाडौंमा पक्राउ


८ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जहाजमा यात्रा गर्ने क्रममा चोरी गरेको आरोपमा २ जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।

शनिबार टर्किस एयरलाइन्सको जहाजबाट इस्तानबुल जान लागेको २ जना चिनियाँ नागरिकहरु काठमाडौंमा पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा चिनियाँ राहदानी इजी–६८४२७२२ वाहक मा चिउवेइ र इजी–५७४२५२३ वाहक हु सिङचोङ छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थस्थित नेपाल प्रहरीको विमानस्थल सुरक्षा कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार टर्किस एयरलाइन्सबाट बुधबार काठमाडौं आएकी डेनमार्ककी नागरिकले आफ्नो साथमा रहेको नगद र गहना चोरी भएको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन् ।

ती महिलाको उजुरीमाथि अनुसन्धान गर्ने क्रममा उक्त गहना र नगद चिनियाँ नागरिकले चोरी गरेको फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीले पक्राउ परेका चिनियाँ नागरिकहरुको साथबाट २ थान सुनको बाला र विभिन्न देशका मुद्रा फेला पारेको जनाएको छ ।

पक्राउ परेका २ चिनियाँमाथि थप अनुसन्धान गर्न महानगरीय प्रहरी बृत्त गौशाला बुझाइएको प्रहरीको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ८ भाद्र २०७६, आइतबार  १२ : ५३ बजे

चीनको रेलसेवामा यात्रुको उल्लेखनीय वृद्धि

बेइजिङ – चीनमा सन् २०२५ को यात्रा अवधिमा जुलाई १

चन्द्र नहरमा डुबेर एकको मृत्यु

सप्तरी – जिल्लाको कञ्चनरुप नगरपालिकास्थित चन्द्र नहरमा डुबेर आज साँझ

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा घोडाघोडी सुदूरपश्चिममै पहिलो

कैलाली – स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा घोडाघोडी नगरपालिका सुदूरपश्चिममै

महिलालाई यौन क्रियाकलापमा लगाएको आरोपमा होटल सञ्चालक पक्राउ

जनकपुर – आर्थिक प्रलोभन देखाइ महिलालाई जबरजस्ती यौन क्रियाकलापमा सङ्लग्न