मधेसका डीआईजीको खातामा अस्वाभाविक रकम ! एक बिचौलिया पक्राउ, १० प्रहरी हेडक्वार्टर तानिए | Khabarhub Khabarhub

मधेसका डीआईजीको खातामा अस्वाभाविक रकम ! एक बिचौलिया पक्राउ, १० प्रहरी हेडक्वार्टर तानिए


१५ भाद्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.7k
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम- प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले बुधबार रुपन्देही पुगेका बेला सबै प्रहरी अधिकारीको बैंक खाता जाँच भइरहेको र एकजना डीआईजी फस्न लागेको खुलासा गरेका थिए । अन्ततः आइजीपी कुँवरको संकेत मधेस प्रदेशका डीआईजीतिर लक्षित रहेको खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीको भवन उदघाटन कार्यक्रममा बोल्दै आइजीपी कुँवरले प्रहरीमा आन्तरिक शुद्धीकरणको अभियान चलिरहेको बताएका थिए । उनले कुनै गलत काममा नलाग्न मातहतका प्रहरीलाई चेतावनी दिएका थिए । उनले एकजना डीआईजी फस्न लागेको बताएपछि यो विषयले संगठनभित्र हल्लीखल्ली नै मच्चियो ।

स्रोतका अनुसार आइजीपीले संकेत गरेका डीआईजी हुन्– मधेस प्रदेशका डीआईजी यज्ञविनोद पोखरेल । उनको बैंक खातामा अस्वभाविक कारोबार भेटिएको भन्दै छानविन सुरु भएको प्रहरीको उच्च स्रोतले खबरहबलाई बतायो ।

डीआईजी पोखरेलको विषयमा छानविनका क्रममा जाँदा ‘लहरो तान्दा पहरो गर्जिने’ उखानजस्तै भएको छ । फलस्परुप भ्रष्टाचार र अनैतिक धन्दामा डीआइजीको नेटवर्कलाई साथ दिएको आशंकामा मधेसका ९ र कोशीका एकजना प्रहरीलाई वयानका लागि छानविन समितिले हेडक्वार्टरमा झिकाएको छ ।

एक बिचौलिया पक्राउ

डीआईजी पोखरेलमाथि भइरहेको छानविनका क्रममा उनले बिचौलियामार्फत लेनदेन गरेको भेटिएको प्रहरी हेडक्वार्टरको दाबी छ । पोखरेलले जितेन्द्र कर्ण नामक बिचौलियामार्फत तस्करीको लाइन खुलाएर पैसा असुलेको प्रमाण भेटिएको स्रोत बताउँछ ।

लेनदेन गरेको प्रमाण भेटिएपछि काठमाडौबाट मधेस झरेको प्रहरी टोलीले जनकपुरबाट बिचौलिया जितेन्द्र कर्णलाई अनुसन्धानका लागि पक्राउ गरेर काठमाडौ लगेको स्रोतले बतायो ।

यस सम्बन्धमा प्रतिक्रिया लिन खोज्दा डीआइजी पोखरेलसँग सम्पर्क हुन सकेन । मधेस प्रहरी कार्यालयमा सम्पर्क गर्दा आन्तरिक विषयमा बोल्न नमिल्ने जवाफ आयो ।

१० प्रहरी हेडक्वार्टर तानिए

डीआईजी पोखरेलमाथि भइरहेको छानविनकै क्रममा नेपाल प्रहरी प्रधान कार्यालय उजुरी छानविन शाखाले मधेस प्रदेशका ९ र कोशी (भोजपुर)का एकजना समेत गरी १० प्रहरीलाई छानविनका लागि हेडक्वार्टर तानेको छ ।

डीआईजी पोखरेल निकटस्थ मधेसका विभिन्न ठाउँमा खटिएका १० जना प्रहरीलाई झिकाएर उजुरी छानविन शाखाले सोधपुछ थालेको हो । छानविनका लागि प्रधान कार्यालय तानिएका प्रहरीको सूची –

१. सई चन्द्रप्रसाद यादव– सीमा प्रहरी चौकी दुहबी, धनुषा

२. असई उपेन्द्र प्रसाद यादव– प्रहरी चौकी मोहवा, सप्तरी

३. वरिष्ठ हवल्दार निरज कुमार साह– जिप्रका धनुषा

४. हवल्दार बच्चेलाल यादव– जिप्रका बारा

५.हवल्दार बृजेस मुखिया– इप्रका बालाङ्खा, भोजपुर

६. हवल्दार शैलेन्द्रप्रसाद कुर्मी– इप्रका निजगढ

७.सहायक हवल्दार अशोककुमार यादव– प्रहरी चौकी जनकुरधाम

८.सहायक हवल्दार ईश्वर अच्छामी– मधेस प्रदेश प्रहरी कार्यालय, जनकपुरधाम

९. सहायक हवल्दार मुकुन्द शर्मा– प्रहरी चौकी कपिलेश्वर, धनुषा

१० जवान सतेश लाल कायस्थ– जिप्रका धनुषा

प्रकाशित मिति : १५ भाद्र २०८१, शनिबार  १२ : ३४ बजे

पोखरामा पहिलो पटक नेपाली प्रशिक्षकद्वारा स्काई डाइभिङ

पोखरा– पोखरामा पहिलोपकट नेपाली प्रशिक्षकहरूले स्काई डाइभिङ सुरु गरेका छन्। 

गाउँबाट फर्केपछि

उ गाउँ हेरेर शहर फर्किएको छघरभरी लागेका माकुराका जालोउम्रिरहेका वनमाराका

पत्रकारिताको विकासले पारदर्शिता सुनिश्चित गर्छ : स्वास्थ्यमन्त्री

डुम्रे– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले पत्रकारिताको विकासले पारदर्शिता सुनिश्चित

विद्युत् चुहावट १२ प्रतिशतमा झर्‍यो

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले चुहावटलाई उल्लेख्य रूपमा घटाउन सफल भएको

खोलानालामा आवश्यक वातावरणीय बहाव कम भएकामा जलस्रोतविद्हरूको चिन्ता

काठमाडौं – जलविद्युत् वा सिँचाइका लागि नदी तथा खोलाको पानी