कवि पुनियानीले पाए ‘दिव्यविक्रम नेम्वाङ स्मृति पुरस्कार’ « Khabarhub

कवि पुनियानीले पाए ‘दिव्यविक्रम नेम्वाङ स्मृति पुरस्कार’


१५ भाद्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

झापा– दार्जिलिङका कवि राजा पुनियानीलाई ‘दिव्यविक्रम नेम्वाङ स्मृति पुरस्कार’ प्रदान गरिएको छ । दिव्यविक्रम नेम्वाङ स्मृति प्रतिष्ठान झापाले शुक्रबार बिर्तामोडमा एक कार्यक्रम आयोजना गर्दै  पुनियानीलाई यस वर्षको पुरस्कार प्रदान गरेको हो । 

कवि पुनियानीलाई आख्यानकार कृष्ण बराल, प्रतिष्ठानका अध्यक्ष नन्दहाङ नेम्बाङले नगद ३० हजार रूपैयाँसहित, सम्मानपत्र प्रदान गरेका थिए । उक्त अवसरमा कवि सुन्दर कुरूपले दिव्यबिक्रम नेम्वाङको शैक्षिक,  राजनीतिक र साहित्यिक योगदानबारे चर्चा गरेका थिए भने पुरस्कृत व्यक्तित्व पुनियानीमाथि प्रा.डा अस्मिता विष्टले बोलेका थिए । 

दिव्य विक्रम नेम्बाङले आयामेली कविहरु वैरागी काइला, इश्वर बल्लव र इन्द्र बहादुर राईहरुले लेखेका साहित्य पत्रिका ‘फुल पात र पतकर’ को प्रकाशन गरेर प्रोत्साहन दिएका थिए । पुरस्कृत कवि पुनियानीको ‘अर्को लस्कर’ र ‘तङसिङ’  कविता सङ्ग्रह प्रकाशित छन् । समारोहमा साहित्यकार कृष्ण बरालले दिव्यविक्रम नेम्वाङको सम्झना गर्दै उनको नाममा स्थापित पुरस्कारले नेपाली साहित्यको श्रीवृद्धिमा टेवा दिएको बताए । 

नेपाल प्रज्ञाप्रतिष्ठानका प्राज्ञ सभास सदस्य मुनाराज शेर्मा, याक्थुङ लेखक सङ्घका केन्द्रीय अध्यक्ष एवम् इलाम नगर साहित्य कला तथा सङ्गीत प्रतिष्ठानका अध्यक्ष प्रकाश थाम्सुहाङ, नेपाल लेखक सङ्घ झापाका कुमार भट्टराई लगायतले दिव्य विक्रम नेम्बाङको योगदानका बारेमा चर्चा गरेका थिए । 

प्रकाशित मिति : १५ भाद्र २०८१, शनिबार  १ : ५३ बजे

सर्वोच्चको फैसलापछि घिमिरे भने : अब विवाद बिर्सेर अघि बढौं

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले सर्वोच्च अदालतको पछिल्लो

यी कारण खुलाउँदै सर्वोच्चले दियो गगन नेतृत्वलाई कांग्रेसको आधिकारिकता

काठमाडौं – सर्वोच्च अदालतले तीन प्रमुख कारण देखाउँदै नेपाली कांग्रेसको

विमलेन्द्र निधिले भने : विशेष महाधिवेशन मैले मानेको छैन, अब पनि मान्दिँन

काठमाडौं – नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पार्टी आधिकारिकतासम्बन्धी सर्वोच्च

अब कांग्रेस एक बनाउने जिम्मा गगन थापाको : प्रकाशशरण महत

काठमाडौं – नेपाली कांग्रेसको आधिकारिकता विवादबारे रिटमा सर्वोच्च अदालतले गगन

कांग्रेस विवाद : यस्ता छन् सर्वोच्चले गरेको फैसलाका मुख्य बुँदा

काठमाडौं – सर्वोच्च अदालतले गगन थापा पक्षको नेतृत्व रहेको नेपाली