प्रहरीले मोबाइल लग्यो भनेर प्रहरीलाई नै फोन गरेपछि... | Khabarhub Khabarhub

प्रहरीले मोबाइल लग्यो भनेर प्रहरीलाई नै फोन गरेपछि…


८ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– आफ्नो मोबाइल प्रहरीले लग्यो भन्दै प्रहरीकै कन्ट्रोल रुममा फोन गर्ने व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काठमाडौंको स्यूचाटार बस्ने २५ वर्षीय आकाश भट्टराई छन् ।

प्रहरीका अनुसार आकाशले भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित दूर्गा मन्दिरबाट आफ्नो मोबाइल प्रहरीले लगेको भन्दै प्रहरीको कन्ट्रोल रुम (१०० नम्बर)मा फोन गरेका थिए ।

आकाशको फोनपछि प्रहरीले उनको मोबाइलबारे खोजी गरेको थियो । तर, पछि उक्त मोबाइल आकाशले आफ्नै साथीलाई दिएको भेटिएको छ ।

आफ्नो साथीलाई दिएको मोबाइल प्रहरीले जफत गरेको भनेर प्रहरीलाई नै गलत सूचना दिएको अभियोगमा आकाश पक्राउ परेका हुन् ।

प्रहरीले आकाशमाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति : ८ भाद्र २०७६, आइतबार  १ : २७ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र