प्रवक्ता महतले भने- देश विकास गर्ने पार्टी कांग्रेस नै हो  « Khabarhub

प्रवक्ता महतले भने- देश विकास गर्ने पार्टी कांग्रेस नै हो 


१५ भाद्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

 हेटौंडा – नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले देशको विकास गर्ने पार्टी नेपाली कांग्रेस भएको बताएका छन्। 

शनिबार मकवानपुरको हेटौडामा आयोजित जय नेपाल फाउण्डेसनको बागमती प्रदेश स्तरीय सम्मेलनलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै प्रवक्ता महतले यस्तो बताएका हुन्। 

उनले कांग्रेस कम्जोर बन्यो भने देशको विकासको गति पनि कम्जोर  बन्ने भन्दै काँग्रेसलाई गाँउ तहबाट एकतावद्ध बनाएर लैजान कांग्रेसका नेताकार्यकर्ता हरूलाई पनि आव्हान गरे। 

पूर्व अर्थमन्त्री समेत रहेका प्रवक्ता महतले देशमा पछिल्लो समय केही पनि भएन भन्ने गलत प्रकारको नकारात्मक भ्रम सिर्जना गरेर देशमा बस्नै हुँदैन भन्ने भाष्य निर्माण गर्न खोजेको भन्दै त्यतातिर सचेत रहन आग्रह समेत गरे। 

प्रवक्ता महतले भने देशमा धेरै भएको छ, बाटो घाटो र शिक्षाको पहुँच देशभर पुगेको छ, जनता स्वास्थ्य, खानेपानी र विद्युतको पनि सहज पहुँचमा छन्, यद्यपि यो प्रयाप्त विकास भएको भने होइन अझै धेरै गर्न बाँकीनै छ।

प्रकाशित मिति : १५ भाद्र २०८१, शनिबार  ५ : ४१ बजे

एनपीएलको जोश बढाउँदै एक्सट्रीम : ७ टोली, ७ गेट

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ सुरु हुनुअघि नै एक्सट्रीम

सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए

सुनसरी– बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण सप्तकोशी नदीमा जलसतह

चोभार गल्छीमा उर्लियो बागमती

काठमाडौं– निरन्तर वर्षाका कारण बागमती नदी र यसका सहायक खोलाहरूमा

बालेनको सम्बोधनमा कांग्रेसले भेट्टायो त्रुटि, प्रवक्ताले भने ‘क्षतिको मूल्याङ्कन मिलेन’

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले शुक्रबार संयुक्त राष्ट्रसंघको ८१औँ सभामा गरेको

कोरलानाका क्षेत्रमा हिमपात

मुस्ताङ– समुद्री सतहको चार हजार ६१० मिटरको उचाइमा अवस्थित नेपाल–चीन