जनताको सुरक्षा सरकारको पहिलो प्राथमिकता : मुख्यमन्त्री कार्की « Khabarhub

जनताको सुरक्षा सरकारको पहिलो प्राथमिकता : मुख्यमन्त्री कार्की


१५ भाद्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

धरान – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जनताको सुरक्षा प्रदेश सरकारको पहिलो प्राथमिकता भएको बताएका छन् ।

धरान उपमहानगरपालिका–१८ स्थित इलाका प्रहरी कार्यालयको हिरासत भवनको आज उद्‌घाटन गर्दै उनले जनताको पहिलो चासोको विषय शान्तिसुरक्षा भएकाले त्यसतर्फ सरकारको विशेष ध्यान जाने स्पष्ट पारे।

जनतालाई सुरक्षित महसुस गराउनका लागि भवनहरू बनाउँदा मापदण्डलाई कठाइका साथ अपनाउनुपर्ने बताउँदै उनले भने, ‘विकासका निर्माणहरूमा अघि बढ्नुस्, प्रदेश सरकार सधैँ सहयोग गर्न तयार छ ।’

धरानलाई खेलकुद र लाहुरेको सहर भनेर चिनिने उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले बहुसांस्कृतिक, बहुभाषिक र बहुधार्मिक हिसाबले पनि धरान त्यतिकै महत्त्वपूर्ण छ भने।

हिरासत भवनको उद्घाटनका अवसरमा कोशी प्रदेशसभा सदस्य रमेशकुमार बस्नेत, सशस्त्र प्रहरी नायब महानिरीक्षक शम्भु सुवेदी, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक भीम दाहाल, राष्ट्रिय अनुसन्धान विभाग कोशी प्रदेश प्रमुख इन्द्र लामा, सशस्त्र प्रहरी बल नेपाल ४ नं गण जिल्ला हेडक्वार्टर सुनसरीका सशस्त्र प्रहरी उपरीक्षक समेनन्द बज्राचार्यलगायतको उपस्थिति थियो ।

प्रकाशित मिति : १५ भाद्र २०८१, शनिबार  ७ : ५२ बजे

सञ्चारमन्त्री खरेलले आज शीर्ष नेतासँग भेटवार्ता गर्ने : ११ बजे ओली भेट्न गुन्डु पुग्ने

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता जगदीश

अमेरिकाले नाइजेरियामा आईएसविरुद्ध ‘घातक हमला’ गरेको ट्रम्पको दाबी

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर–पश्चिमी नाइजेरियामा सक्रिय चरमपन्थी संगठन

विचारमा स्पष्टता नै माओ दिवसको सार्थक अर्थ हो : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी( नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

विद्युतीय प्रसारण लाइनको तार मुनीको जग्गाको कित्ताकाट गर्न पाइने

काठमाडौं – सरकारले विद्युतीय प्रसारण लाइनको तार मुनी पर्ने जग्गाको

ज्येष्ठ नागरिक समाजका अमूल्य धरोहर : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ज्येष्ठ नागरिक समाजका अमूल्य