आज २०८१ साल भदौ १६ गते आइतबारको राशिफल « Khabarhub

आज २०८१ साल भदौ १६ गते आइतबारको राशिफल


१६ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल भदौ १६ गते आइतबार तदनुसार सन् २०२४ सेप्टेम्बर १ तारिख। भाद्र कृष्ण पक्षको चतुर्दशी तिथि। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : पैतृक सम्पत्तिको आडमा तपाईंको उन्नति हुनेछ। खानपानमा ख्याल नगर्दा पुरानो रोगको प्रकोप बढ्नेछ। राजनीतिक उचाइमा तपाईंको नाम रहनेछ। परिवारसँगको सम्बन्ध राम्रो बन्नेछ।

वृष : बोलीको प्रभावले धेरै काम बन्नेछन्। राज्यको चासो लिने साथीको बहुमत छ। सेवाको अवसर मिल्ने योग छ। अप्ठेरो परिस्थितिमा परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध शान्त बन्नेछ।

मिथुन : निर्णय क्षमता कमजोर बन्दा विवाद हुने जोखिम देखिन्छ। शिक्षा क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। व्यापारमा नाफा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

कर्कट : पद र कुर्सीको घमण्डले घाटा हुनसक्छ। समाजसेवाको अवसर मिल्नेछ। दान गरेर दिनको सुरुवात गरेमा दिन सहज बन्नेछ। पन्छीलाई दाना दिनु सबैभन्दा राम्रो हुनेछ। धार्मिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ।

सिंह : तपाईंको राशिमा सूर्यदेव भएकाले प्रत्यक्ष फल मिल्ने योग छ। तपाईंको स्वभावले समाज र परिवारमा राम्रो प्रभाव पार्नेछ। आफू सकारात्मक हुन सिक्नुपर्नेछ। गलत तर्क गर्ने व्यक्तिबाट टाढा बस्नु फाइदा हुनेछ।

कन्या : आजको दैनिकी रमाइलो छ। अरुले विवाद गर्दा तपाईंलाई फाइदा हुनेछ। हरेक क्षेत्रका लगानीबाट नाफा हुनेछ। सञ्चित धन खर्च हुने जोखिम देखिन्छ। खर्च कटौती गरेर अगाडि बढ्नु राम्रो होला। परिवारसँगको प्रेम सम्बन्ध प्रगाढ बन्नेछ।

तुला : राज्यका अंगमा हुने विकृतिको छानबिन गर्ने जिम्मेवारी प्राप्त हुनेछ। अरुको दोष र गुणको मूल्यांकन गर्दै गर्दा कर्तव्य ओझेलमा पर्ने जोखिम रहेको छ। अप्ठेरो अवस्थामा बन्धु र परिवारको साथ मिल्नेछ।

वृश्चिक : तपाईंले न्याय पाउने योग छ। तपाईंले गरेको श्रमको मूल्यांकन हुनेछ। मन उत्साहित हुनेछ। परिवारमा तपाईंलाई माया गर्ने धेरै भएकाले दिन रमाइलो बन्नेछ। साथीहरुले सहयोग गर्नेछन्।

धनु : एकपछि अर्को चुनौतीको सामना गर्नुपर्ने दिन छ। स्वास्थ्यमा अचानक समस्या देखिनसक्छ। परिवारको साथमा दैनिकी सहज बन्नेछ। स्वास्थ्यमा सुधार भएपछि परिवारमा तपाईंको बोली नबिक्ने खतरा छ। अप्रिय खबर सुन्नुपर्ने बाध्यता हुनसक्छ।

मकर : ठुला काममा हात नलगाउनु राम्रो हुनेछ। लगानी गर्नुपर्दा साथीको साथ लिएर अगाडि बढ्नु उचित हुन्छ। मन अशान्त हुनेछ। बिहान धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा दिन सहज बन्नेछ।

कुम्भ : तपाईंको कार्यशैलीले धेरै प्रभावित हुनेछन्। समस्याको व्यवस्थापन गर्न सिक्नुपर्ने छ। खर्च बढ्नेछ। आर्थिक क्षेत्रमा तपाईंलाई गम्भीर आरोप लाग्नेछ। संकटमा तपाईंको पक्षमा न्याय हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

मीन : अरुको सेवा गर्नु भन्दा निजी क्षेत्रमा लगानी गर्नु राम्रो हुनेछ। प्राविधिक क्षेत्रमा अगाडि बढ्नु भएमा सफलता मिल्नेछ। अप्ठेरो परिस्थितिमा परिवारको साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

प्रकाशित मिति : १६ भाद्र २०८१, आइतबार  ५ : ४२ बजे

‘उम्मेदवारले तथ्य र तर्कका आधारमा आफूलाई प्रस्तुत गर्नुपर्छ’

काठमाडौं– कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले राजनीतिक दल र

आहा रारा गोल्डकप : दोस्रो सेमिफाइनलमा आज आभा एफसी र जावलाखेल भिड्ने

पोखरा– आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगितामा आज दोस्रो सेमिफाइनलको

भरतपुर विमानस्थलमा इन्धन ‘रिफिलिङ’ सेवा सुरु

चितवन– चितवनको भरतपुर विमानस्थलमा इन्धन सेवा सुरु भएको छ ।

विश्वपमा आज तीन खेल : पहिलो खेलमा वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गर्दै इटाली

काठमाडौं – आईसीसी टी–२० विश्वकपमा आज तीन खेल हुँदैछन्। पहिलो

लोकतन्त्र सुदृढीकरणका लागि संसद महत्त्वपूर्ण संस्था हो : राष्ट्रियसभा अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले लोकतान्त्रिक मूल्यहरूको रक्षा, सुदृढीकरण तथा