इंग्लिस प्रिमियर लिग : लेस्टर सिटीमाथि एस्टन भिल्लाको जित « Khabarhub

इंग्लिस प्रिमियर लिग : लेस्टर सिटीमाथि एस्टन भिल्लाको जित


१६ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा एस्टन भिल्लाले दोस्रो जित निकालेको छ । गएराति भएको खेलमा लेस्टर सिटीलाई २–१ गोलले हराउँदै एस्टन भिल्ला विजयी भएको हो ।

भिल्लाको जितमा अमाडु ओनाना र जोन डुरानले एक–एक गोल गरेका थिए । लेस्टर सिटीका फाकुन्डो बोनानोट्टेले एक गोल फर्काएका थिए ।

भिल्लाका ओनानाले खेलको २८औँ मिनेटमा टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । ६३औँ मिनेटमा डुरानले गोल गर्दै टोलीको अग्रतालाई दोब्बर बनाए ।

खेलको ७३औँ मिनेटमा एस्टन भिल्लाका बोनानोट्टेले गोल गर्दै खेललाई २–१ गोलको स्थितिमा ल्याए । त्यसपछि थप कुनै गोल नहुँदा एस्टन भिल्ल २–१ गोलले विजयी भयो ।

यो जितसँगै तीन खेलबाट ६ अंक जोडेको एस्टन भिल्ला अंक तालिकाको छैटौँ स्थानमा छ । एक अंक भएको लेस्टर सिटी १५औँ स्थानमा छ ।

प्रकाशित मिति : १६ भाद्र २०८१, आइतबार  ७ : ५४ बजे

बाढी प्रभावित क्षेत्रमा १६ मनोपरामर्शदाता परिचालन

भक्तपुर- बागमती प्रदेश सरकारले रसुवाको भोटेकोशी क्षेत्रमा बाढीबाट प्रभावित नागरिकका लागि

प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै, हालसम्म साढे १३ अर्ब मौज्दात

काठमाडौं– प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ

राष्ट्रपति सी चिनफिङ नयाँदिल्लीमा

नयाँदिल्ली – चिनियाँ राष्ट्रपति सी चिनफिङ १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी

बढ्दो जलवायु जोखिमप्रति नेपाल–चीन सहकार्य आवश्यक : झलनाथ खनाल

काठमाडौं–  पूर्वप्रधानमन्त्री झलनाथ खनालले विश्वव्यापी तापमान वृद्धिसँगै हिमालय क्षेत्र गम्भीर

कङ्गोमा इबोला सङ्क्रमितको सङ्ख्या ७ हजार नाघ्यो

एजेन्सी– प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा इबोला सङ्क्रमितको संख्या ७ हजार नाघेको