सानिमाका तीन म्युचुअल फण्डले बोनस दिने « Khabarhub

सानिमाका तीन म्युचुअल फण्डले बोनस दिने


१६ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालन भएका तीन वटा फण्डले बोनस दिने भएका छन् ।

सानिमा बैंक कोष प्रवर्द्धक र सानिमा क्यापिटल व्यवस्थापकमा रहेका तीन फण्डले गत आर्थिक वर्ष २०८०–०८१ को नगद लाभांश दिने भएका हुन् ।

जसमा १ अर्ब ३० करोडको सानिमा इक्विटी फण्डले कर सहित १५ प्रतिशत अर्थात १९ करोड ५० लाख रुपैयाँ बोनस दिने भएको छ ।

त्यस्तै १ अर्ब २० लाखको सानिमा लार्ज क्याप फण्ड अन्तर्गतको योजनले १० प्रतिशत अर्थात १२ करोड रुपैयाँ दिने भएको हो ।

६७ करोड २५ लाख ३२ हजार ६ सय रुपैयाँको सानिमा ग्रोथ फण्डले १० प्रतिशत अर्थात ६ करोड ७२ लाख ५३ हजार २६० रुपैयाँ बोनस दिने भएको सानिमा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत भीष्मराज चालिसेले जानकारी दिए ।

चालिसेका अनुसार धितोपत्र बोर्डबाट अनुमति पाए पश्चात बुक क्लोजको मिति तय हुने जानकारी दिए ।

प्रकाशित मिति : १६ भाद्र २०८१, आइतबार  १२ : ०१ बजे

अन्तिम मिनेटमा एभर्टनको कमब्याक, युनाइटेडसँग २–२ को बराबरी

काठमाडाैं – एन्स्ले मैटल्यान्ड नाइल्सले इन्जुरी समयको छैटौँ मिनेटमा उत्कृष्ट

पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द

बाजुरा – गएरातिको पहिरोले ३२ वटा खम्बा ढालेपछि बाजुरामा राष्ट्रिय

भोटेकोशी बाढी : वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान

नेपाल भलिबल लिग : कर्णाली र अन्नपूर्ण विजयी

काठमाडौं – नेपाल भलिबल लिग (एनभिएल) २०२६ अन्तर्गत आज सम्पन्न

बाढीको मौका छोपेर कैदीले गरेका थिए सुरक्षाकर्मीमाथि आक्रमण

काठमाडौं – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण