रविसहितका तीन जनालाई यस्तो अभियोग लगाउन प्रहरीको राय « Khabarhub

रविसहितका तीन जनालाई यस्तो अभियोग लगाउन प्रहरीको राय


८ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा चितवन प्रहरीको हिरासतमा रहेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित ३ जनाविरुद्ध अभियोगत पत्र दर्ताको तयारी शुरु गरिएको छ ।

जिल्ला सरकारी वकिल कार्यालयले सम्भवतः आइतबार नै रविसहित ३ जनाविरुद्ध अभियोग पत्र दायर हुने जनाएको छ ।

जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधीवक्ता यदुनाथ शर्माले अहिले फाइल अध्ययन गर्ने काम भइरहेको र आज (आइतबार) नै अभियोग पत्र दर्ता गर्ने तयारी भएको जानकारी दिए ।

‘अहिले प्रहरीले गरेको अनुसन्धान, घटनासँगसम्बन्धित प्रमाणसहितको फाइल अध्ययन गरेर एकीकृत गर्ने काम भइरहेको छ,’ जिल्ला न्यायाधीशवक्ता शर्माले खबरहबसँग भने, ‘अध्ययनको काम सकिएपछि आज नै अभियोग पत्र दर्ता हुन्छ । आज नै दर्ता गर्नेगरी काम गरिरहेका छौं ।’

यस्तो छ प्रहरीको राय

१० दिनसम्म हिरासतमा राखेर जिल्ला प्रहरी कार्यालय चितवनले शालिकराम प्रकणबारे अध्ययन र अनुसन्धान गरेको थियो । त्यसमा केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले सहयोग गरेको थियो । प्रहरीले लामिछानेसहित ३ जनालाई आत्महत्या दुरुत्साहन गरेको अभियोग लगाउन राय दिएको प्रहरी श्रोतको भनाइ छ ।

अबको प्रक्रिया के हुन्छ ?

पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा टेलिभिजन कार्यक्रम प्रस्तोता रविका अतिरिक्त न्यूज २४ टेलिभिजनमा कार्यरत युवराज कँडेल र नर्स रुकु भनिने अस्मिता कार्की पनि प्रहरी हिरासतमा छन् ।

प्रहरीले गत बिहीबार तीनै जनालाई काठमाडौंबाट पक्राउ गरी दोस्रो दिन (शुक्रबार) अदालतमा उपस्थित गराएको थियो ।

३ जनाविरुद्ध अनुसन्धान गर्न चितवन जिल्ला अदालतले ५–५ दिन गरी २ पटक १० दिनका लागि म्याद थप गरेको थियो । तीन जनाविरुद्ध थपिएको १० दिनको म्याद पूरा भएपछि आइतबार प्रहरीले उनीहरुलाई जिल्ला अदालतमा उपस्थित गराउने छ ।

प्रहरीले थप अनुसन्धान आवश्यक भए पुनः म्याद थपका लागि अदालतसमक्ष अनुरोध गर्न सक्छ । अदालतले आवश्यक देखेको खण्डमा पुनः म्याद थप गर्न पनि सक्छ ।

यद्यपि, जिल्ला सरकारी वकिलको कार्यालयले अभियोग पत्र दायर गर्ने तयारी गरिरहेकाले पुनः म्याद थप हुने संभावना भने कम रहेको कानूनविद्हरु बताउँछन् ।

जिल्ला सरकारी वकिलको कार्यालयले दायर गरेको अभियोग पत्र दर्ता भएमा जिल्ला अदालत चितवनले तीनैजना प्रतिवादी (रवि, युवराज र अस्मिता)को बयान लिन शुरु गर्नेछ ।

तीनै जनाको अदालती बयान सकिएपछि थुनछेक बहस शुरु हुन्छ । थुनछेक बहस सकिएपछि अदालतले तीनैजनाको सन्दर्भमा आदेश जारी गर्न सक्छ ।

अदालतले यस्तो आदेश जारी नगरुन्जेलसम्म भने रविसहितका तीनैजना प्रहरीको ‘न्यायिक हिरासत’मा रहनेछन् ।

थुनछेक बहसमा रविलगायत ३ जनाको पक्षमा बहस गर्ने वकिलहरुले आफ्नो दलिल पेश गर्नेछन् भने सरकारका तर्फबाट सरकारी वकिलले बहस गर्नेछन् । मृतक पत्रकार पुडासैनीका परिवारका तर्फबाट पनि बहस गर्ने अधिवक्ताहरु हुनसक्छन् ।

प्रकाशित मिति : ८ भाद्र २०७६, आइतबार  २ : ३८ बजे

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको

कांग्रेस क्रियाशील सदस्यता वितरणमा सहजीकरणका लागि गगन थापाले गरे ४ बुँदे परिपत्र

काठमाडौं- नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहज र