सहकारी ठगी प्रकरण : महिला सञ्चालकहरूसँग छलफलमा संसदीय समिति « Khabarhub

सहकारी ठगी प्रकरण : महिला सञ्चालकहरूसँग छलफलमा संसदीय समिति


१६ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सहकारी ठगी छानबिनका लागि गठित संसदीय विशेष समितिको बैठक आइतबार सिंहदरबारमा जारी छ ।

आइतबार समितिले सहकारीका महिला सञ्चालकहरूसँग छलफल गरिरहेको छ । विभिन्न २९ वटा सहकारीका ५० जना सञ्चालकसँग बयान लिइसकेको समितिले प्रतिवेदन लेखन पनि अघि बढाएको छ ।

समितिले यसअघि नै गोर्खा मिडिया नेट्वर्कका प्रबन्ध निर्देशक एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित ५० जनासँग बयान लिइसकेको छ ।

अब समितिले प्रतिवेदन लेखनलाई अघि बढाउनुअघि सहकारीका महिला सहकारी सञ्चालकसँग छलफल गरेको हो । छानबिन प्रतिवेदनको प्रारम्भिक मस्यौदा लेखनलाई अघि बढाउने क्रममा महिला सहकारी सञ्चालकहरूसँग पनि छलफल गरिएको सभापति सूर्य थापाले बताएका छन् ।

समितिको गत बुधबारको बैठकले तीन महिनायता भएका काममको  कामको समीक्षा गरेको थियो । अब समितिले साताभित्रै प्रतिवेदनको प्रारम्भिक मस्यौदा बनाउने तयारी थालेको छ ।

तत्कालीन प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहितको दबाबपछि सङ्कटग्रस्त घोषित २९ वटा सहकारी संस्थाको बचत हिनामिनाबारे छानबिन गर्ने अधिकार दिएर थापाको नेतृत्वमा यो संसदीय समिति बनाइएको थियो ।

समितिले हिनामिना भएको बचत फिर्तासहितका उपायबारे सरकारलाई सुझाउने छ । समितिले हाल भागेर देशबाहिर पुगेका गितेन्द्रबाबु राईसहित १८ जनालाई झिकाउन सकेमात्रै बचत रकम फिर्ता सम्भव हुने जनाएको छ ।

समितिले यसअघि नै पूर्व गृहमन्त्री लामिछानेसँग ९ घण्टा लामो बयान लिएको छ । बयानमा आफ्नो संलग्नता इन्कार गरेका लामिछानेमाथिका आरोपको पनि समितिले विभिन्न कोणबाट छलफल गरिरहेको छ।

प्रकाशित मिति : १६ भाद्र २०८१, आइतबार  २ : ०४ बजे

मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

आज २०८३ साल असोज २० गते मंगलबार सन् २०२६ अक्टोबर

आज २०८३ साल असोज २० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २० गते मंगलबार सन् २०२६

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७