सांसद रेखा शर्मा र घरेलु कामदार प्रकरणमा प्रधानमन्त्री ओलीमाथि खनिए बालेन « Khabarhub

सांसद रेखा शर्मा र घरेलु कामदार प्रकरणमा प्रधानमन्त्री ओलीमाथि खनिए बालेन


१६ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह एक पटक फेरि नेकपा एमालेको नेतृत्वमाथि खनिएका छन् ।

एमालेबाट लुम्बिनी प्रदेश सभामा निर्वाचित सांसद रेखा शर्माले एकजना बालिकालाई घरेलु श्रमिकका रुपमा राखेर शोषण गरेको घटनामा उनले सार्वजनिक रुपमा गम्भीर आरोप लगाएका हुन् ।

सांसद शर्मालाई पक्राउ गर्नुपर्ने मागसहित उनले एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई आइतबार सामाजिक सञ्जालमार्फत दबाब दिएका हुन् ।

मेयर साहले ८ वर्षदेखि बालिकालाई बन्दी बनाएर घरेलु श्रमिकका रुपमा बाल श्रमशोषण गरेको घटनाका संलग्न सांसद शर्मालाई पक्राउ नगरेको भन्दै आपत्ति जनाएका हुन् ।

सांसद शर्मालाई उक्त प्रकरणमा अदालतले मुद्दा चलाउनू भन्दा पनि वर्तमान सरकारले जोगाएर राखेको जिकिर साहले गरेका हुन् । काठमाडौं महानगरपालिकाले २ महिनादेखि कारबाही अघि बढाउनु भन्दा पनि यो सरकारले नसमातेको दाबी उनको छ ।

साहले प्रधानमन्त्री ओलीलाई पनि सुशासन भनेको यही हो भनेर प्रश्न गरेका छन् । उनले सुशासनको अर्थ बालिकाको मृत्युपछि गोहीको आँसु चुहाएर फेसबुकमा समवेदना दिँदै एक लाख राहत घोषणा गर्नु नै होला भनेर ओलीलाई प्रहार गरेका छन् ।

‘उहाँ हुनुहुन्छ नेकपा एमालेकी प्रदेश सांसद रेखा शर्मा । उहाँले विगत ८ वर्षदेखि बन्दी बनाएर, एकजना नाबालिकालाई घरेलु कामदारका नाममा हिंसा गर्दै आउनु भएको छ, दैनिक कुटपिट गर्दै आउनु भएको छ’, उनले भनेका छन्, ‘काठमाडौं महानगरले विगत २ महिनादेखि कारबाही अगाडि बढाउनुभन्दा पनि यो सरकारले समातेको छैन । अदालतले पनि मुद्दा चलाउनु भनिसकेको छ ।’

उनले यस प्रसंगमा ओलीको सुशासनबारे पनि प्रश्न उठाएका छन् । ‘सम्माननीय प्रधानमन्त्री खड्गप्रसाद ओलीज्यू,सुशासन भनेको अदालतले पनि समात भनेको तपाईंको सांसद रेखा शर्मा जसलाई बाल शोषण गरेको मुद्दा छ समात्नुलाई भन्छ’, उनले ओलीमाथि प्रहार गर्दै भनेका छन्, ‘सायद तपाईंको लागि सुशासनको अर्थ बालिकाको मृत्युपछि गोहीको आँसु चुहाएर फेसबुकमा समवेदना दिँदै एक लाख घोषणा गर्नु नै होला । कहिले समात्ने ? कि नसमात्ने ?’

प्रकाशित मिति : १६ भाद्र २०८१, आइतबार  ७ : ५७ बजे

मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

आज २०८३ साल असोज २० गते मंगलबार सन् २०२६ अक्टोबर

आज २०८३ साल असोज २० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २० गते मंगलबार सन् २०२६

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७