काउन्सिल अध्यक्ष बस्नेतले उठाए प्रचण्डलाई प्रश्न « Khabarhub

काउन्सिल अध्यक्ष बस्नेतले उठाए प्रचण्डलाई प्रश्न


१६ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


297
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले जनअपेक्षा विपरित माओवादी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अभिव्यक्ति दिएकोप्रति प्रश्न उठाएका छन् ।

दुई ठूला दलको समिकरणले बनेको नयाँ सरकारको प्रचण्डले विरोेध गर्दै आएका छन् । नयाँ सरकारले बंगलादेश र श्रीलंकातिर हेर्नुपर्ने जस्ता प्रतिक्रिया प्रचण्डबाट आएकोतर्फ लक्ष्य गर्दै बस्नेतले आफू नेतृत्वमा हुँदा केही गर्न नसकेको, देश र जनता भुलेको टिप्पणी गरेका हुन् ।

सामाजिक सञ्जालमार्फत अध्यक्ष बस्नेतले प्रधानमन्त्री हुँदा केही गर्न नसकेको तर सत्ता बाहिर हुँदा हुन लागेका काम र जनताका आशा रोक्न प्रचण्ड कुर्लिएको भन्दै कडा टिप्पणी गरेका छन् ।

कवितात्मक शैलीमा उनले भनेका छन्, आफू सर्वेसर्वा हुँदा आफै र परिवारतिर गुलियो, देश र जनता भुलियो भन्दै सञ्जालमा सडकमा पुगेपछि कुर्लिएकोमा गम्भीर प्रश्न उठाइएको छ ।

मिडियाको नियामक निकाय काउन्सिलमा बस्नेतलाई ओली नेतृत्वको अघिल्लो सरकारले अध्यक्ष नियुक्त गरेको हो ।

त्यसपछि माओवादी सरकारमा हुँदा विभिन्न समयमा ४ पटक हटाउन खोज्दा असफल बनेको थियो ।

बस्नेतले यस्ताे लेखेका छन् :

आफू सर्वेसर्वा हुँदा
आफैँ र परिवारतिर गुलियो
देश र जनता भुलियो
अब सडकमा
हुन लागेका काम रोक्न
आशा मेटाउन
फेरि एकपटक
कुर्लियो ?

प्रकाशित मिति : १६ भाद्र २०८१, आइतबार  ९ : ३३ बजे

मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

आज २०८३ साल असोज २० गते मंगलबार सन् २०२६ अक्टोबर

आज २०८३ साल असोज २० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २० गते मंगलबार सन् २०२६

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७