काउन्सिल अध्यक्ष बस्नेतले उठाए प्रचण्डलाई प्रश्न « Khabarhub

काउन्सिल अध्यक्ष बस्नेतले उठाए प्रचण्डलाई प्रश्न


१६ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


297
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले जनअपेक्षा विपरित माओवादी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अभिव्यक्ति दिएकोप्रति प्रश्न उठाएका छन् ।

दुई ठूला दलको समिकरणले बनेको नयाँ सरकारको प्रचण्डले विरोेध गर्दै आएका छन् । नयाँ सरकारले बंगलादेश र श्रीलंकातिर हेर्नुपर्ने जस्ता प्रतिक्रिया प्रचण्डबाट आएकोतर्फ लक्ष्य गर्दै बस्नेतले आफू नेतृत्वमा हुँदा केही गर्न नसकेको, देश र जनता भुलेको टिप्पणी गरेका हुन् ।

सामाजिक सञ्जालमार्फत अध्यक्ष बस्नेतले प्रधानमन्त्री हुँदा केही गर्न नसकेको तर सत्ता बाहिर हुँदा हुन लागेका काम र जनताका आशा रोक्न प्रचण्ड कुर्लिएको भन्दै कडा टिप्पणी गरेका छन् ।

कवितात्मक शैलीमा उनले भनेका छन्, आफू सर्वेसर्वा हुँदा आफै र परिवारतिर गुलियो, देश र जनता भुलियो भन्दै सञ्जालमा सडकमा पुगेपछि कुर्लिएकोमा गम्भीर प्रश्न उठाइएको छ ।

मिडियाको नियामक निकाय काउन्सिलमा बस्नेतलाई ओली नेतृत्वको अघिल्लो सरकारले अध्यक्ष नियुक्त गरेको हो ।

त्यसपछि माओवादी सरकारमा हुँदा विभिन्न समयमा ४ पटक हटाउन खोज्दा असफल बनेको थियो ।

बस्नेतले यस्ताे लेखेका छन् :

आफू सर्वेसर्वा हुँदा
आफैँ र परिवारतिर गुलियो
देश र जनता भुलियो
अब सडकमा
हुन लागेका काम रोक्न
आशा मेटाउन
फेरि एकपटक
कुर्लियो ?

प्रकाशित मिति : १६ भाद्र २०८१, आइतबार  ९ : ३३ बजे

विद्युतीय प्रसारण लाइनको तार मुनीको जग्गाको कित्ताकाट गर्न पाइने

काठमाडौं – सरकारले विद्युतीय प्रसारण लाइनको तार मुनी पर्ने जग्गाको

ज्येष्ठ नागरिक समाजका अमूल्य धरोहर : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ज्येष्ठ नागरिक समाजका अमूल्य

आईसीसी वरीयतामा बुमराहको छलाङ : कुन खेलाडी कहाँ छन् ?

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेटको वरीयतामा भारतीय खेलाडी सधैँ अगाडि छन्।

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

चितवन– मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा

४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य, जेन-जी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल

सिरहा– अस्पतालको काम बिरामीको उपचार गर्नु हो, तर लहानको रामकुमार