माधव नेपाल रुस प्रस्थान | Khabarhub Khabarhub

माधव नेपाल रुस प्रस्थान


१७ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल ‘मल्टी पोलारिटी फोरम’ विषयक अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन रुसको भ्लादिभोस्तक प्रस्थान गरेका छन् ।

‘साउथ एसियन इकोनोमिक फोरम’ को समूहगत छलफलमा सहभागी हुन अध्यक्ष नेपाल गएराति राति ११ बजे त्यसतर्फ प्रस्थान गरेका हुन् । सम्मेलन सेप्टेम्बर ३ देखि ६ तारिखसम्म हुनेछ ।

अध्यक्ष नेपालले भ्रमणका क्रममा त्यहाँस्थित उच्च तहका नेताहरुसँग भेटघाट तथा छलफल गर्ने कार्यक्रम समेत रहेको छ ।

उनको अनुपस्थितिमा पार्टीको वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी तोकिएको एकीकृत समाजवादीले जनाएको छ । नेपाल आगामी आइतबार स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : १७ भाद्र २०८१, सोमबार  ८ : २३ बजे

संसदभित्र रास्वपा नेतृत्वविहीन अवस्थामा देखियो : योगेश भट्टराई

काठमाडौं– नेकपा एमालेका सचिव योगेश भट्टराईले संसदभित्र रास्वपा नेतृत्वविहीन अवस्थामा

नेप्सेमा झिनो अङ्कको सुधार, ११ अर्ब बढीको कारोबार

काठमाडौं– यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

भुटानसहित ३६ देशका नागरिकलाई यात्रा प्रतिबन्ध लगाउने अमेरिकाको तयारी (सूचिसहित)

काठमाडौं- अमेरिकाले भुटानसहित ३६ देशका नागरिकविरुद्ध यात्रा प्रतिबन्ध लगाउने तयारी

सदन बहिष्कार गर्दै ज्ञानेन्द्र शाहीले भने- प्रचण्डको छेपारो प्रवृत्ति, सभामुख बिचौलियाको पक्षमा 

काठमाडौं– राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले संसद् र सभामुख बिचौलियाको

सभामुखले सदनको अभिभावकत्व निर्वाह गर्न सकेनन्, पेलेरै लाने व्यवहार देखाए : रास्वपा

काठमाडौं– रास्वपाका सांसद मनिष झाले आइतबारको प्रतिनिधिसभा बैठकमा सभामुखले आफूहरूलाई