बङ्गलादेशमा बाढीबाट ५९ जनाको मृत्यु, झण्डै ५३ लाख प्रभावित | Khabarhub Khabarhub

बङ्गलादेशमा बाढीबाट ५९ जनाको मृत्यु, झण्डै ५३ लाख प्रभावित


१७ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

ढाका– बङ्गलादेशमा बाढीका कारण ११  प्रभावित जिल्लामा कम्तीमा ५९ जनाको मृत्यु हुनुका साथै ५३ लाखभन्दा बढी मानिस प्रभावित भएको द डेली स्टारले जनाएको छ ।

द डेली स्टारका अनुसार कम आय भएका किसानहरूले बाली नालीका साथै बाढीका कारण घरलगायत जीविकोपार्जनको आधारसमेत गुमाएका छन् ।

बाढीले आफ्नो माटोको घर बगाएपछि बस्ने ठाउँ नभएकाले छिमेकीकोमा शरण लिनुपरेको मौलवीबाजारको कुलौरा उपजिल्लाको मिरपारा गाउँकी ६५ वर्षीय तबाह नुरुन बेगमले बताइन् ।

वर्षापछिको बाढीले मनु नदीको किनारमा तटबन्ध भत्किँदा घर पानीमा डुबेकाले हाल बाढीको पानी घटे पनि क्षतिग्रस्त घर फर्कन नसकेको सोही गाउँका अटोरिक्शा चालक सुजान मियाले बताए ।

मिरपाराका बासिन्दा जमशेद अलीले एक मात्र आम्दानीको स्रोत तरकारी बगैँचा बगाएकाले  परिवार कसरी बचाउने भन्ने चिन्ता भएको उल्लेख गरे ।

मौलवीबाजार जिल्ला राहत तथा पुनर्वास अधिकारी मोहम्मद सादु मियाका अनुसार जिल्लामा हालै आएको बाढीबाट करिब आठ हजार सात सय ८६ घर क्षतिग्रस्त भएका छन् ।

उनले बाढी पीडितको पुनः स्थापनाको माग गर्दै सम्बन्धित उच्च अधिकारीहरूलाई पत्र पठाएको बताए  ।

बाढीले घर तथा घरका सबै फर्निचरहरू बगाएकाले मर्मतका लागि पैसा नभएकाले आफ्नो परिवारले आफन्तकोमा शरण लिएको बुरिचाङ उपजिल्लाको मोहिस्मारा गाउँका बासिन्दा एमए आजिमले बताए ।

बुरिचाङ उपजिल्लाकी निर्बाही अधिकारी (युएनओ) शाहिदा अख्तरले यस क्षेत्रमा करिब ४० हजार घर क्षतिग्रस्त भएको जानकारी दिइन् ।

आइतबार प्रकाशित सरकारी प्रतिवेदनअनुसार बाढीको अवस्था बिस्तारै सुधार हुँदै गए पनि सात लाखभन्दा बढी परिवार अझै पनि देशभरि बाढीका कारण विस्थापित छन् ।

चट्टोग्राम, फेनी, खागड़ाचारी, हबिगञ्ज, सिलहट, ब्राह्मणबरिया र कक्स बजारलगायतका जिल्लामा बाढी कम भएको विपद् व्यवस्थापन तथा राहत मन्त्रालयको प्रतिवेदनले जनाएको छ ।

यसैबीच मौलवीबाजारमा बाढीको अवस्था सुधार भएको र कुमिला, नोआखली र लक्षमीपुरमा स्थिति बिस्तारै सुधार भइरहेको विज्ञप्तिमा उल्लेख छ  ।

प्रतिवेदनमा अनुसार हाल सात लाख पाँच हजार ५२ परिवार अझै पनि डुबानमा परेको प्रतिवेदनमा जनाइएको छ ।

बाढी पूर्वानुमान तथा चेतावनी केन्द्रले आइतबार एक बुलेटिनमा अधिकांश प्रमुख नदीहरूका बहाव घट्दो क्रममा भएकाले देशभरि बाढीको स्थितिमा सुधार आउने सम्भावना रहेको जनाएको छ ।

प्रकाशित मिति : १७ भाद्र २०८१, सोमबार  ४ : ३० बजे

शेखर हसिनाविरुद्धको मुद्दाको सुनुवाइ सकियो

काठमाडौँ- बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्धको मुद्दामा बिहीबार (अक्टोबर २३) सुनुवाइ

उच्च हिमाली भेगको अनुभव बटुल्न महिला प्रहरीको टोली पुग्यो उपल्लो मुस्ताङ

काठमाडौँ- उच्च पहाडी तथा हिमाली भेगमा खोज तथा उद्धारलाई प्रभावकारी

नुम्बुर हिमालको चुचुरोमा पहिलोपटक मानव पाइला

सोलुखुम्बु- सोलुखुम्बुमा रहेको ६ हजार ९५८ मिटर उचाइको नुम्बुर हिमालको

इरानविरुद्ध खेल्न तयार छौँ: कम्तान सावित्रा भण्डारी

काठमाडौँ- नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान सावित्रा भण्डारीले इरानविरुद्ध

गाजाको स्वास्थ्य प्रणाली पुनर्निर्माण गर्न कम्तीमा ७ अर्ब डलर आवश्यक : विश्व स्वास्थ्य सङ्गठन

जेनेभा – विश्व स्वास्थ्य सङ्गठनले बिहीबार गाजामा ध्वस्त बनेको स्वास्थ्य