ताँदी घ्याङफेदी जलविद्युत आयोजनाको पीपीए सम्पन्न, असोजदेखि नै निर्माण सुरु हुने | Khabarhub Khabarhub

ताँदी घ्याङफेदी जलविद्युत आयोजनाको पीपीए सम्पन्न, असोजदेखि नै निर्माण सुरु हुने


१७ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एबीपी इनर्जी प्रालिले प्रवर्द्धन गरेको ८ मेगावाटको ताँदी घ्याङफेदी जलविद्युत आयोजनाको विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) सम्पन्न भएको छ ।

नेपाल विद्युत् प्राधिकरण र एबीपी इनर्जीका प्रतिनिधिबीच सोमबार पीपीएमा हस्ताक्षर भएको हो ।

यो आयोजनाको सञ्चालकमा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पानका महासचिव बलराम खतिवडादेखि सूचना प्रविधि विज्ञ असगर अलिलगायत रहेको कम्पनीका अध्यक्ष पुर्णलाल श्रेष्ठले जानकारी दिए ।

प्रस्तावित जलविद्युत आयोजना नुवाकोटको दुप्चेश्वर गाउँपालिका-१ ताँदीमा निर्माण हुनेछ । यो आयोजनाको सबै खालको अध्ययन पूरा भएको छ । यो जलविद्युत् आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) २०८० बैशाखमा तयार भएको हो ।

यो ८ मेगावाट जडित क्षमता भएको परियोजना हो । प्रस्तावित जलविद्युत् आयोजनाको ग्रस हेड ४४६ मिटर रहेको छ । यो जलविद्युत आयोजनाका लागि २२८१.३६ मिटर हेडरेस पाइप राखिनेछ । १६३२.०८ मिटर पेनस्टक पाइप निर्माण गरिनेछ । उत्पादित विद्युत् ३३ केभी सिंगल सर्किटको १० किमी प्रसारणलाइन निर्माण गरेर समुन्द्रटार सबस्टेसनमा जोडिनेछ ।

यो जलविद्युत आयोजनाको प्रतिमेगावाट लागत २० करोड ५ लाख रुपैयाँ रहेको छ । आगामी असोज २९ गतेबाट निर्माण थाल्ने योजना छ । २०८४ वैशाख मसान्तमा व्यावसायिक उत्पादनको लक्ष्य छ ।

प्रकाशित मिति : १७ भाद्र २०८१, सोमबार  ५ : १५ बजे

राष्ट्रिय खुला टेनिस प्रतियोगिता आगामी कात्तिक ५ देखि

काठमाडौं– वीर गणेशमान सिंह फाउण्डेसन र वीर गणेशमान सिंह स्पोर्ट्स

नयाँ नोट मुद्रण नहुँदा राज्यलाई डेढ अर्ब फाइदा, सटही २५ अर्बले घट्यो

काठमाडौं– नेपाल राष्ट्र बैंकले दसैँतिहारलाई लक्षित गरी यस वर्ष नयाँ

जग्गा/आवास विकाससँग सम्बन्धित व्यवस्था पुनरावलोकनका लागि कार्यदल गठन

काठमाडौं– शहरी विकास मन्त्रालयले जग्गा आवास विकासमा देखिएका समस्या समाधानका

अमेरिकामा मिल्टन आँधीको असर

काठमाडौं– केही दिनअघि हेलेन आँधीले वितण्डा मच्चाएको अमेरिकामा अहिले मिल्टन

पाकिस्तानमा प्रदुषणका कारण भाइरसजन्य रोग बढ्यो

एजेन्सी– खराव धुवाँ अपर्याप्त सरसफाई, अस्वच्छ अवस्था र फोहोर व्यवस्थापन