एन्फा महिला लिग : बागमतीको विजय सुरुवात  « Khabarhub

एन्फा महिला लिग : बागमतीको विजय सुरुवात 


१७ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राजधानीमा जारी एन्फा महिला लिगमा बागमती युथ क्लबले विजयी सुरुवात गरेको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा सोमबार भएको खेलमा सुदूरपश्चिम प्रदेशलाई पराजित गर्दै बागमती युथ क्लबले विजयी सुरुवात गरेको हो । बागमतीले सुदूरपश्चिमलाई ५–१ गोल अन्तरले पराजित गर्‍यो ।

बागमतीका लागि अस्मिता खवासले ह्याट्रिक गर्दै १७, ८० र ८२ औं मिनेटमा गोल गरिन् ।  त्यस्तै सहारा लिम्बुले २६ औं मिनेट र आरती भुजेलले ३७ औ मिनेटमा गोल गरेकी थिइन् । सुदूरपश्चिमबाट एक मात्र गोल तुल्छा बोहराले खेलको ९० मिनेटमा गरेकी थिइन् ।

एन्फाको आयोजनामा आइतबारबाट सुरु लिगमा लिगमा १० टिमको सहभागिता रहेको छ ।

प्रतियोगिताअन्तर्गत सिङ्गल राउन्ड रोबिनको आधारमा ४५ खेल हुने र सिङ्गल राउन्ड रोबिनबाट उत्कृष्ट पाँच टीमबीच डबल राउन्ड रोबिनका आधारमा सुपर लिगमा २० खेल हुने एन्फाले जनाएको छ । सुपर लिगका उत्कृष्ट चार टीमबीच क्वालिफायर, इलिमिनेटर र फाइनल गरी लिगमा कुल ६९ खेल हुनेछन् ।

प्रतियोगिताको विजेतालाई १० लाख र उपविजेतालाई ५ लाख नगद पुरस्कार प्रदान गरिने एन्फाले जनाएको छ ।

प्रकाशित मिति : १७ भाद्र २०८१, सोमबार  ६ : २७ बजे

उखु किसानको सधैँको पीडा : उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

सर्लाही– उधारोमा बिक्री गरेको नगदे बाली उखुको भुक्तानी यहाँका किसानका

बूढानीलकण्ठमा शैक्षिक सूचना व्यवस्थापन र विद्यालय नक्साङ्कनमा नयाँ प्रविधि

काठमाडौं– काठमाडौँको बूढानीलकण्ठ नगरपालिकालाई भौगोलिक सूचना प्रणाली (जिआइएस) प्रविधिमा आधारित

रास्वपा सभापति रवि लामिछानेले आज संसद्‌मा सम्बोधन गर्ने

काठमाडौँ – सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि

सुनसान छन् सौराहाका होटल : पर्यटक भन्दछन्- नेपालको विपदमा कसरी रमाउनु ?

चितवन– पचहत्तर कोठा भएको सौराहाको ‘ल्यान्डमार्क’ होटलमा मंगलबार सबै कोठा खाली

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा विद्युत् जडान, रसुवामा ८३ र नुवाकोटमा ९५ प्रतिशत सेवा सञ्चालन

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण अवरुद्ध