एन्फा महिला लिग : बागमतीको विजय सुरुवात  « Khabarhub

एन्फा महिला लिग : बागमतीको विजय सुरुवात 


१७ भदौ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राजधानीमा जारी एन्फा महिला लिगमा बागमती युथ क्लबले विजयी सुरुवात गरेको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा सोमबार भएको खेलमा सुदूरपश्चिम प्रदेशलाई पराजित गर्दै बागमती युथ क्लबले विजयी सुरुवात गरेको हो । बागमतीले सुदूरपश्चिमलाई ५–१ गोल अन्तरले पराजित गर्‍यो ।

बागमतीका लागि अस्मिता खवासले ह्याट्रिक गर्दै १७, ८० र ८२ औं मिनेटमा गोल गरिन् ।  त्यस्तै सहारा लिम्बुले २६ औं मिनेट र आरती भुजेलले ३७ औ मिनेटमा गोल गरेकी थिइन् । सुदूरपश्चिमबाट एक मात्र गोल तुल्छा बोहराले खेलको ९० मिनेटमा गरेकी थिइन् ।

एन्फाको आयोजनामा आइतबारबाट सुरु लिगमा लिगमा १० टिमको सहभागिता रहेको छ ।

प्रतियोगिताअन्तर्गत सिङ्गल राउन्ड रोबिनको आधारमा ४५ खेल हुने र सिङ्गल राउन्ड रोबिनबाट उत्कृष्ट पाँच टीमबीच डबल राउन्ड रोबिनका आधारमा सुपर लिगमा २० खेल हुने एन्फाले जनाएको छ । सुपर लिगका उत्कृष्ट चार टीमबीच क्वालिफायर, इलिमिनेटर र फाइनल गरी लिगमा कुल ६९ खेल हुनेछन् ।

प्रतियोगिताको विजेतालाई १० लाख र उपविजेतालाई ५ लाख नगद पुरस्कार प्रदान गरिने एन्फाले जनाएको छ ।

प्रकाशित मिति : १७ भदौ २०८१, सोमबार  ६ : २७ बजे

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म

कर्णालीले जनकपुरलाई दियो १ सय ३३ रनको लक्ष्य

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली