अफगानिस्तानको तामा खानी उत्खनन गर्दै चिनियाँ कम्पनी | Khabarhub Khabarhub

अफगानिस्तानको तामा खानी उत्खनन गर्दै चिनियाँ कम्पनी


१७ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तीन वर्षअघि अफगानिस्तानमा तालिबानले सत्ता कब्जा गरे पनि उक्त सरकारले हालसम्म एउटा पनि मुलुकबाट कूटनीतिक मान्यता पाएको छैन । विश्व बैंकको तथ्यांकअनुसार पछिल्ला दुई वर्षयता त्यहाँको वास्तविक अर्थतन्त्र २६ प्रतिशतले संकुचित भएको छ ।

अन्तर्राष्ट्रिय सम्बन्ध शून्य रहेका कारण त्यहाँ आर्थिक र मानवीय संकट बढ्दै गएको छ । यस्तो अवस्थामा तालिबानलेमेस आयनक क्षेत्रमा रहेको तामा खानीको उत्खननमा जोड दिइरहेको छ ।

सो खानीको उत्खननका लागि तत्कालीन अफगान सरकारले चीनको राज्य सञ्चालित चाइना मेटलजिकल कप्र्ससँग सन् २००८ मा ३ अर्ब अमेरिकी डलर बराबरको सम्झौता गरेको थियो । केही समयअघि उक्त चिनियाँ कम्पनीले त्यहाँबाट उत्खनन सुरु गरेको छ । यद्यपि सो क्षेत्रबाट वास्तविक तामाप्राप्त गर्न भने अझै दुई वर्ष लाग्ने अपेक्षा गरिएको छ ।

४ अर्ब ४० करोड टन तामाको धाउ रहेको विश्वास गरिने सो खानीको उत्खनन हुन सके आर्थिक एवम् कूटनीतिक संकटबाट तालिबानले समाधान पाउने विश्वास गरिएको निक्कै एशियाले जनाएको छ । राजधानी काबुलबाट ४० किलोमिटर दक्षिणमा पर्ने लोगर प्रान्तमा रहेको सो खानी ऐतिहासिक रेशम मार्गमा अवस्थित छ ।

त्यहाँ प्राचीन बौद्ध मठका २० भन्दा धेरै पुरातात्त्विक अवशेष र १हजारभन्दा धेरै ऐतिहासिक प्रतिमा समेत रहेको बताइन्छ ।

अफगानिस्तानको खनिज तथा पेट्रोलियम मन्त्रालयका अनुसार त्यहाँ अझै पुरानो कांस्य युगका संरचना समेत भेटिएको दाबी गरिएको छ ।

प्रकाशित मिति : १७ भाद्र २०८१, सोमबार  ६ : ४२ बजे

अन्धकारमय काभ्रेपलाञ्चोकमा बिजुली बाल्ने प्रयास

काभ्रेपलाञ्चोक – यही असोज ११ र १२ गतेको वर्षापछि अन्धकारमय

माडवाडी सेवा समिति र काठमाडौं महानगर प्रहरीबीच धकेलाधकेल

काठमाडौं– महानगर प्रहरी बलले गौशालाको धर्मशालामा महानगरको बोर्ड राखेको छ।

दशैँ बिदामा पनि निगमले पेट्रोलियम पदार्थ बिक्री वितरण गर्ने

काठमाडौं– नेपाल आयल निगमले दशैँको बिदाको समयमा देशभरका १३ डिपो

प्रधानमन्त्री उद्धार कोषमा साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा ६० लाख हस्तान्तरण

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप राहत कोषका

दोहोरो नागरिकताको समस्याबारे गम्भीर छलफल आवश्यक : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप राहत कोषका